adv

‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक {सुन्नुस् यस्ता छन्}

यही असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यो पागल मन’ को अडियो जुकबक्स सार्वजनिक भएको छ । शिर्ष गीतसहित फिल्ममा चार गीत समावेश छन् ।

यूट्युबमा सार्वजनिक भएको अडियो जुकबक्समा ‘मार्‍यो मार्‍यो मायाले मार्‍यो’, ‘समयमै नचिन्दा तिमो माया’ र ‘पटियाला कुर्ता’ गीत सुन्न सकिन्छ ।
कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । ऋचा सिंह ठकुरी, विनोद न्यौपाने, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु