adv
adv

धिरेन शाक्य लामो समय पछि नयाँ म्यु्जिक भिडियाेमा यस्तो देखिए

लामो समयपछि लोकप्रिय नायक धिरेन शाक्य पर्दामा देखिएका छन् ।

पछिल्लो समय फिल्मी क्षेत्रबाट गायब जस्तै बनेका लोकप्रिय स्टार शाक्य प्रमोद प्रसाईं र सोनी कार्कीको स्वरमा रहेको ‘जता हेर्छु केबल तिमी’ बोलको गीतको भिडियोमा देखिएका हुन् ।

सोनी कार्कीकै शब्द र रिदम कँडेलको संगीतमा रहेको गीतको भिडियोमा नायक शाक्यलाई अभिनयमा कमला दाहालले साथ दिएकी छिन् । भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको छ ।

सञ्चारकर्मी कुशल श्रेष्ठको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि रमणीय दृश्य देख्न सकिन्छ ।

भिडियोलाई अन्जली केसीले डिजाइन गरेकी छिन् भने प्रभु गुरुङले कोरियोग्राफी गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु