adv

शुष्मा कार्की र पूजा शर्मालाई मिलाउने रेखाको प्रयास फेल

बिहीबार रमाइलो छ डट कमले पहिलो वार्षिक उत्सव आयोजना गरेको थियो । उत्सवमा कलाकारहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । त्यस कार्यक्रममा धेरै जसो अभिनेत्रीको उपस्थिति थियो ।

बिहीबारको त्यस कार्यक्रमपछि अभिनेत्री पूजा शर्मा र अभिनेत्री शुष्मा कार्कीको सम्बन्धले चर्चा कमाएको छ । कार्यक्रममा अभिनेत्री पूजा शर्मा, रेखा थापा, स्वेता खड्का, निता ढुगाना लगायत एउटै लाइनमा बसिरहेका थिए ।

यत्तिकैमा कार्यक्रममा उपस्थित अभिनेत्री शुष्मा कार्की सबैलाई अंकमाल गर्दै आइन् । शुष्मा कार्कीले निता ढुंगाना र रेखा थापालाई क्रमशः अकंमाल गरिन् । तर रेखाको नजिक बसेकी पूजालाई भने उनले बेवास्ता गरिन् ।

पूजालाई बेवास्ता गरेर हिँडेकी शुष्माको हात तान्दै रेखाले पूजालाई पनि अकंमाल गर्न आग्रह गरिरहेकी थिइन् । तर शुष्माले भने रेखाको आग्रहलाई पनि अस्वीकार गरिन् र पूजालाई छोडेर सिधै स्वेता खड्कालाई अंकमाल गरिन् ।

शुष्मा फर्किने बेलामा पनि रेखाले पूजासँग बोल्न शुष्मालाई आग्रह गरिरहेकी थिइन् तर शुष्माले मानिनन् ।

बिहीबारको कार्यक्रले शुष्मा र पूजाको सम्बन्ध बिग्रिएको प्रष्ट्याएको छ । उता यही कार्यक्रमले नै अभिनेत्री आँचल शर्मा र पूजा शर्माको सम्बन्ध बिग्रिएको हल्लालाई गलत साबित गरिदिएको छ ।

सम्बन्ध बिग्रिएको हल्ला चलिरहेका बेला यी दुई कार्यक्रममा एकअर्कासँग निकै नै सहजताका साथ प्रस्तुत भएका थिए ।

-साभार 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु