adv

बलात्कार मुद्दापछि शनिबार हुने भनिएको मिथुनका छोराको बिहे रोकियो

भारतीय अभिनेता मिथुन चक्रवर्तिका छोरा महाक्षयको शनिबार हुने भनिएको बिहे रद्द गरिएको छ । महाक्षयमाथि बलत्कारको आरोपमा मुद्दा परेको थियो ।

विवाहको सम्पूर्ण तयारी भइसकेको अवस्थामा अनुसन्धानका लागि प्रहरी समारोहस्थलमै पुगेपछि बिहे रद्द गर्नुपरेको हो । यद्यपि, दिल्लीको एक अदालतले महाक्षय र उनकी आमा योगितालाई अगि्रम जमानत दिएकाले पक्राउ पर्ने सम्भावना भने टरेको छ ।

तमिलनाडुको नीलगिरी जिल्लास्थित उँटीमा रहेको मिथुनको होटलमा बिहे महाक्षय र मदालसा शर्माबीच बिहे हुन लागेको थियो । उनीहरुकेा बिहेको औपचारिक घोषणालगत्तै एक भोजपुरी अभिनेत्रीले बलत्कार तथा जबरजस्ति गर्भपातको आरोप लगाउँदै रोहिणी अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले महाक्षयकी आमा योगितालाई पनि विपक्षी बनाएकी छन् ।

मुद्दा लागेपछि पनि मदालसाकी आमाले भने बिहे नरोकिने प्रतिक्रिया दिएकी थिइन् । उनले यो घटनाको बारेमा आफूहरुलाई पहिल्यैदेखि थाहा रहेको भन्दै सबैको आआफ्नो विगत हुने बताएकी थिइन् । बिहे रद्द गरिएपछि उनी निराश बनेकी छन् ।

अब बिहे कहिले हुन्छ या हुँदैन भन्नेबारे मिथुनको परिवारले कुनै जानकारी दिएको छैन । यो घटनाका कारण मिथुन तनावग्रस्त बनेको बताइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु