adv

चलचित्र ‘कहीँ कतै’ को ट्रेलर सार्वजनिक {भिडियो }

साउन २५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘कहीँ कतै’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलरले चलचित्र केहि रोमान्टिक त केहि वियोगको कथा रहेको झल्किन्छ ।

नव-कलाकारद्वय सोनम बरफुङ्गपा र सिवानी गिरीसँगै नायक दिलीप रायमाझी, किशोर खतिवडा, उमा ‘बेबी’ गिरी लगायतलाई ट्रेलरमा समेटिएको छ ।

सिवानी र सोनमले यहि फिल्मबाट नेपाली फिल्ममा डेब्यू गरेका हुन् । सबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायांकन र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको फिल्ममा बाबु श्रेष्ठको छायांकन रहेको छ ।

ट्रेलर हेर्नुहोस् :-

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु