adv
adv

रेखाकै कारण छायाँमा परे अभिनेता आभाष अधिकारी

अभिनेता आभाष अधिकारी वर्ष २०७२ मा प्रदर्शनमा आएको अभिनेत्री रेखा थापा स्टारर फिल्म ‘रामप्यारी’ का अभिनेता हुन्  । यो उनको डेब्यु फिल्म थियो ।

आभाष, रेखाकी जेठी दिदी पारु अधिकारीका छोरा हुन् । लिड रोलमा लिएर फिल्म बनाउन कुनै निर्माता/निर्देशकको आँखा उनीमाथि नपर्दा रेखा स्वयमले त्यो जोखिम उठाइन् ।

दिदीको छोरालाई हिरो बनाउन उनले आफ्नो फिल्म ‘रामप्यारी’ मा आभाषलाई लिड रोलमा लिइन् । यस फिल्ममा उनी प्रहरी अफिसर्सको भूमिकामा थिए र उनको अपोजिटमा अभिनेत्री आश्मा डिसी थिइन् ।

फिल्मले बक्सअफिसमा राम्रै कलेक्सन गर्‍यो तर आभाषलाई दर्शकले ‘नोटिस’ गरेनन् । गरुन् पनि कसरी ? फिल्ममा रेखा हाबी थिइन् । उनी भएपछि ‘स्टार’ कलाकार त छायाँमा पर्छन् आभाष त नयाँ थिए ।

पहिलो फिल्म भएका कारण उनले आफ्नो अभिनय पनि खासै देखाउन सकेका थिएनन् । डेब्यु फिल्म हिट भएको खुसी साट्ने सौभाग्य भने अभिनेता अधिकारीले पाए । तर, यसपछि उनले कुनै नयाँ फिल्म साइन गरेका छैनन् ।

नपाएर हो वा नगरेका हुन् ? त्यो त उनैलाई थाहा होला तर डेब्यु फिल्म रिलिजपछि बेपत्ता हुनुले ‘रामप्यारी’ नै ‘फस्ट एण्ड लास्ट’ त होइन ? भन्ने चर्चा सिनेवृतमा चल्न थालेको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु