adv
adv

सेरेना विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा, उनी हुन् सात पटककी च्याम्पियन


सात पटककी च्याम्पियन सेरेना विलियम्स विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएकी छिन् ।

सेरेनाले रसियन खेलाडी इभ्जेनीया रोडीनालाई साझो सेटमा पराजित गरिन् । चोटका कारण तिघ्रा र घुडामा टेप बाधेर खेलेकी रोडीनाले सेरेनाको पावर सटलाई रोक्न सकिनन् ।

छनोट चरणबाट विम्बल्डनमा प्रवेश गरेकी रोडिना विरुद्ध सेरेनाले पहिलो सेट ६–२ ले जितिन् । दोस्रो सेटमा पनि सेरेनाले उत्कृष्ट खेल पस्कदलै ६–२ ले नै आफ्नो पक्षमा परिन् ।

३६ वर्षीया सेरेनाले क्वाटरफाइनलमा विश्व बरियतामा ५२ औं स्थानमा रहेकी इटालियन खेलाडी कामीला गियाग्रीसँग खेल्नेछिन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु