adv

विम्बल्डन टेनिसको सात वर्षपछि क्वाटरफाइनलमा नाडाल

विश्व नम्बर दुई स्पेनिस स्टार राफायल नाडाल सन् २०११ पछि विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

साेमबार राति भएको तेस्रो चरणको खेलमा चेक गणतन्त्रका जेरी भेसेलीलाई तीन सेटमा हराउदै नाडालले अन्तिम आठमा प्रवेश गरे ।

दुई पटकको विजेता नाडालले अब पाँचौ बरियताका अर्जेन्टिनी जुवान मार्टीनसंग खेल्ने छन् ।लण्डनको सेन्टर कोर्टमा नाडालले भेसेलीमाथि ६-३,६-३ र ६-४ को सोझो सेटमा पराजित गरे ।

जितसँगै ३२ वर्षीय नाडालले ७ वर्षपछि विम्बल्डन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन् । नाडालले यसअघि सन् २०११ मा क्वाटरफाइनल यात्रा तय गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु