adv

आज शुक्रबारदेखि एकसाथ चार सिनेमा प्रदर्शनमा,कुनले गर्ला राम्रो ब्यापार ?

सिनेमा ‘वीरागंना’

शुक्रबारदेखि एक साथचार सिनेमा प्रदर्शनमा आएका छन् । सशस्त्र प्रहरीको कथामा आधारित सिनेमा ‘वीरागंना’ सँगै बाबु कान्छा, बोबी र यो पागल मन आजदेखि प्रदर्शनमा आएका हुन् ।

‘वीरागंना’मा अनुप विक्रम शाही र शिल्पा पोख्रेल मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यो सिनेमा प्रचार प्रचारमा त्यति ध्यान नदिएको पाइन्छ । अभिनेत्री शिल्पा र पृथ्वीराज प्रसाईँले केही अन्तर्वार्ताहरु दिए पनि सिनेमाका मुख्य कलाकार भनिएका अनुपले प्रचारको लागि समय नै दिएनन् । राजबहादुर सानेको निर्देशनमा तयार भएको यस सिनेमामा घोडा र बाँदरलाई समेत एक्शन अवतारमा प्रस्तुत गरिएको छ ।

सिनेमाबोबी’

उता मिलन चाम्सको निर्देशनमा तयार भएको सिनेमा ‘बोबी’ पनि आजैबाट प्रदर्शनमा आएको छ । वास्तविक जोडी उमेश थापा र कविता गुरुङ्गको प्रेम कथालाई यो सिनेमामा उतारिएको छ । सिनेमामा उमेश र कविता नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । बुधबार काठमाडौंको कुमारी हलमा सिनेमाको प्रिमियर गरिएको थियो जसबाट सिनेमाले प्रशंसा बटुल्यो । प्रिमियरमा प्रशंसा पाएपछि सिनेमाले राम्रो कारोबार गर्नेमा निर्माण पक्ष आशावादी रहेको छ । 

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमालाई नरेश भट्टराई र गिरीराज घिमिरेले लेखेका हुन् ।

सिनेमा ‘बाबु कान्छा’

अभिनेता सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘बाबु कान्छा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । प्राय सिनेमामा सहायक भूमिकामा प्रस्तुत हुँदै आएका सलोनले मुख्य भुमिका निर्वाह गरेको यस सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् । सिनेमामा सलोनले वास्तविक प्रेमिका करिष्मासँग रोमान्स गरेका छन् ।

सिनेमा ‘यो पागलमन’

‘यो पागलमन’ले पनि आजै प्रदर्शन हुने अवसर पाएको छ । तीनवर्ष अगाडि निर्माण भएको यो सिनेमा प्रचार प्रसार बिना नै प्रदर्शनमा आएको छ । सिनेमाकी मुख्य अभिनेत्री ऋचासिंह ठकुरीले पनि सिनेमाको प्रचार प्रसारको लागि खासै समय दिइनन् । उताकलाकार विनोद न्यौपाने पनि सिनेमाको प्रचार प्रसारमा त्यति सक्रिय रहेनन् । यही कारण पनि यो सिनेमाका बारेमा दर्शकलाई खासै जानकारी छैन ।

कल्याण अधिकारीले निर्देशन रहेको यस सिनेमामा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । सिनेमालाई विरेन्द्रकुमार यादव र कल्याणले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु