adv
adv

‘कायरा’ को पहिलो गीत सार्वजनिक, आर्यन र साम्राज्ञीको रोमान्स हेर्नुहोस् {भिडियो }

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ । दुई हप्ताअघि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले ‘सुखमा…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ ।

फिलिपिन्सको समुन्द्री किनारमा खिचिएको गीतमा आर्यन, साम्राज्ञीलाई आफ्नो ‘सास’ बन्न अनुरोध गरिरहेका छन् । भिडियोमा यी दुईको जोडी कमालको देखिएको छ । पहिलो पटक यो कपलले सँगै काम गरेका हुन् ।

सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । प्रविण सिंहको कोरियोग्राफी रहेको गीतको लोकेशन र खिचाई उत्कृष्ट छ ।

‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।

शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । फिल्मको प्रदर्शन मिति साउन १८ गतेलाई तय गरिएको छ ।

गीत हेर्नुहोस् :-

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु