adv

मधुबालाको जीवनीमा आधारित फिल्म बन्ने, मधुबालाको भूमिकाको लागि करीना कपूर खान पहिलो रोजाईमा

बलिउडमा एक जमानाकी चर्चित तथा सुन्दर अभिनेत्री मधुबालाको जीवनीमा आधारित फिल्म बन्ने भएको छ ।

सुन्दरताको कारण बलिउडकी मेरिलिन मुन्राे नामले समेत चर्चित अभिनेत्री मधुबालाको जीवनीमा आधारित फिल्म बनाउने कुराको घोषणा मधुबालाकी कान्छी बहिनी मधुर भूषणले केही समय अघि नै गरीसकेकी थिइन् ।

खबरहरुका अनुसार अहिले यस फिल्मको कास्टिङको काम सुरु गरिसकिएको छ ।

बायोपिकमा मधुबालाको चरित्र निर्वाह गर्नका लागि अभिनेत्री करिना कपूर खानलाई प्रस्ताव राखिएको खबरहरु आएका छन् ।

फिल्म निर्माताहरुको नजरमा मधुबालाको भूमिकाको लागि अभिनेत्री करीना कपूर खान पहिलो रोजाईमा छिन् ।

निर्माताहरुलाई यस बायोपिकमा मधुबालाको भूमिकालाई करीनाले नै न्याय गर्न सक्छिन् भन्ने लागेकाले उनी पहिलो रोजाइमा परेकी हुन् ।

तर करिनाको तर्फबाट यस विषयमा अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी भने आएको छैन । बायोपिकको कुरा गर्दा अहिलेसम्म अभिनेत्री करीनाले कुनै पनि बायोपिकमा काम गरेकी छैनन् ।

यदि मधुबालाको यस बायोपिकमा करीनाले साइन गरेमा यो उनको पहिलो बायोपिक हुनेछ । करीनाले लामो समयको अन्तराल पछि फिल्म ‘वीरे दी वेडीङ’ मार्फत कमब्याक गरेकी थिइन् ।

जुन फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । यो फिल्म पछि करीनाले करण जोहरको अर्को फिल्ममा काम गर्ने पक्का भएको छ ।

यस फिल्ममा करिना कपूर खान अभिनेता अक्षय कुमारको जोडीको रुपमा देखिने छिन् ।

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु