adv

अब रेडियोमा गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने, यो सम्झौता आउँदो साउनदेखि लागू हुने

रेडियोहरुले आउँदो आर्थिक वर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ ।

निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्थाबीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको बानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ ।

१ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैयाा, १ सयदेखि पाँचसय वाटसम्मका रेडियोले ४५ सय रुपैयाँ, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैयाँ र १ हजारभन्दा बढीका रेडियोले वार्षिक १२ हजार रुपैयाा रोयल्टी बुझाउनुपर्नेछ ।

यो सम्झौता आउँदो साउनदेखि लागू हुने र प्रत्येक पुस मसान्तभित्रमा रोयल्टी रकम सबै रेडियाेहरुले बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु