अमेरिकी मोडल एवम् अभिनेत्री कि्रसी टिगनले बच्चालाई स्तनपान गराएको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी थिइन् । त्यसपछि उनले धेरै आलोचनाहरुको सामना गर्नुपरेको छ ।
कि्रसीले इन्स्टाग्राममा पोस्ट गरेको एक तस्वीरमा उनले आफ्नो सानो बच्चा र ठूली छोरी लुनाको गुडियालाई एकैसाथ स्तनपान गराइरहेको देखिन्छ ।
दुई बच्चाकी आमा कि्रसीले तस्वीरको साथमा लेखेकी थिइन, -‘लुनाले उनको गुडियालाई पनि मैले दुध पिलाउँ भन्ने चाहेकी थिइन र मलाई पनि लाग्यो मेरो जुम्ल्याहा बच्चाहरु छन् ।’
भाइरल भएपछि
उनको पोस्टलाई एक दिनमै तीन लाख भन्दा धेरै मानिसले लाइक गरेका छन् भने टि्वटरमा १८ हजारले लाइक गरेका छन् । तर, यसलाई सबैले सकरात्मक रुपमा भने लिएका छ्रैनन् । केहीले यसको आलोचना पनि गरेका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्,-‘आफ्नो बच्चाको साथमा नीजी क्षणहरुको तस्वीर इन्टाग्राममा पोस्ट गर्नुहुँदैन ।’
यस्तै एक टि्वटर प्रयोगकर्ताले लेखेकी छिन्,-‘जन्म, पिरियड्स र स्तनपानको बारेमा म बुझ्छु र यो प्राकृतिक पनि हो तर म यस्तो तस्वीर हेर्न चाहन्न ।’
यसमाथि मोडलले टिप्पणी गर्दै भनिन्,-‘मलाई मानिहरुको आतिशबाजी, मेलाको सेल्फी र स्मिमिङ पुलको तस्वीर हेर्न गाह्रो हुँदैन भने अरु मानिसले पनि कसैको सम्मान गर्नुपर्छ ।’
चर्चित गायक जोन लेजेन्डकी पत्नी कि्रसीको फेसबुक पोस्टमा पनि धेरै मानिसहरुले नकरात्मक प्रतिक्रियाहरु जनाएका छन् । कसैले उनको प्रशंसा र समर्थन गरेका छन् भने कसैले उनले आफूलाई ढाक्नुपर्ने बताएका थिए ।
स्तनपानबारे सचेतना
आमाहरुले आफ्नो बच्चालाई नियमित स्तनपान गराउनुपर्ने अभियान चलाउँदै आएकाहरुको समूहले भने उनको प्रशंसा गरेको छ । उनीहरुले उनको तस्वीर सहित #normalizebreastfeeding हृयासट्याग चलाएका छन् ।
कुनै मोडेल वा अभिनेत्रीले बच्चालाई स्तनपान गराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको यो पहिलोपटक भने होइन् । सन् २०१६ मा अभिनेत्री लिभ टेलरले पनि यस्तै एक तस्वीर इन्स्टाग्राममा पोस्ट गरेकी थिइन् ।
त्यस्तै, अभिनेत्री ठेन्डी न्युटन, क्यानडाकी गायिका अलानिस मोरिसेटले पनि आफ्नो इन्स्टाग्राममा बच्चालाई स्तनपान गराएको तस्वीर सार्वजनिक गरेका थिए ।