adv

गर्भधारण सम्बन्धि १५ वटा रोचक तथ्य जान्नुहोस्-

१. हरेकवर्ष अमेरिकामा बर्सेनि ६० लाख महिला गर्भवती हुन्छन् । यसको अर्थ अमेरिकामा बर्सेनि ४ प्रतिशत महिला गर्भवती भइरहेका हुन्छन् ।

२. गर्भधारणमध्ये २० प्रतिशत गर्भपतन हुनेगर्छ । गर्भपतन भएका धेरै महिलालाई त आफू गर्भवती भएकै थाहा हुँदैंन ।
३. गर्भवतीमध्ये ३ प्रतिशतले जुम्ल्याहालाई जन्म दिन्छन् । सबैभन्दा बढी जुम्ल्याहा जन्मने देश नाइजेरिया हो ।

४. अमेरिकामा ५ लाख शिशुहरु किशोरी आमाबाट जन्मने गर्छन् ।

५. प्रसूतिपछि १३ प्रतिशत आमाहरु डिप्रेसनबाट पीडित हुन्छन् ।

६. अमेरिकामा जन्मने बच्चाको सरदर तौल ८ पाउण्ड हुन्छ, ३० वर्षअघि ६ पाउण्डका बच्चा जन्मने गर्थे ।

७. अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी तौल भएको बच्चा सन् १८७९ मा जन्मिएको थियो । २३ पाउण्डको उक्त बच्चा ११ घण्टापछि मरेको थियो । अहिलेसम्म जीवित धेरै तौलको बच्चा भने इण्डोनेशियाको सुमात्रामा सन् २००९ मा जन्मिएको थियो । उक्त बालकको तौल १९.२ पाउण्डको थियो ।

८. १ प्रतिशतभन्दा कम अमेरिकी महिलामात्र घरमा सुत्केरी हुन रुचाउछन्, जबकी ३० प्रतिशत डच महिलाहरु घरमा सुत्केरी हुन मन पराउछन् ।

९. अमेरिकामा तीनमध्ये एउटा शिशु सिजेरियन विधि (शल्यक्रिया) बाट जन्मिएका हुन्छन्, सन् १९९६ यता शल्यक्रियाबाट जन्मिएका शिशुको संख्या ४६ प्रतिशत छ ।

१०. विश्वप्रसिद्ध टाइम पत्रिकाका अनुसार अहिलेसम्मकै सबैभन्दा लामो गर्भधारण ३७५ दिनको भएको पाइएको छ (सामान्यतः गर्भधारण २८० दिनको हुन्छ) । उक्त शिशु ६ पाउण्ड १२ औंन्स थियो ।

११. एकैपटकको गर्भधारणमा सबैभन्दा धेरै बच्चा जन्माउने रेकर्ड अमेरिकाको क्यालिफोर्नियाकी नाड्या सुलेमानको नाममा छ । उनले आइभिएफ प्रविधिबाट सन् २००९ को जनवरीमा ८ बच्चा जन्माएकी थिइन् । तिनीहरुमा ६ छोरा र २ छोरी थिए ।

१२. १० प्रतिशत बालबालिकाहरु चिकित्सकले दिएकै समयमा जन्मन्छन्, ५० प्रतिशत दिइएको मितिबाट एक हप्तासम्ममा र ९० प्रतिशत दिइएको मितिबाट २ हप्तासम्ममा जन्मन्छन् ।

१३. गर्भवती महिलाको स्वस्थ तौल छ भने दैनिक थप ३ सय किलो क्यालोरी पाउने खाना खानुपर्छ ।

१४. थप भिटामिन सेवन र हर्मोनको परिवर्तनका कारण गर्भधारणको समयमा धेरै महिलाले कपाल बाक्लो र चमकदार भएको अनुभव गर्छन् ।

१५. ७० प्रतिशत गर्भवती महिलाले पहिलो त्रैमासिकमा बिहानको समयमा बिसञ्चो भएको महसुस गर्छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु