adv

तेस्रोलिंगीको समर्थनमा सोनम कपुर अहिले पनि अडिक

सोनम कपुर आफूलाई मनमा लागेका कुरा निर्धक्क भन्न कहिल्यै हिच्किचाउँदिनन् । विवादमा आउँछु कि भन्ने डरले कुरा चपाएर बोल्दिनन् ।


सामाजिक सञ्जालमा सोनम निकै सक्रिय छिन् । हालै उनले इन्स्टाग्राममा आफ्ना फ्यानहरुसँग गरेको खुलस्त संवाद चर्चामा आएको छ । उक्त संवादमा सोनमलाई फ्यानहरुले धर्मको विषयदेखि समलिंगीलाई समर्थन गरेको विषयसम्ममा प्रश्न सोधेका थिए ।

एक फ्यानले उनलाई सोधे-‘के तपाईं मुस्लिमलाई मन पराउनुहुन्छ ?’

आफैंमा मुर्खतापूर्ण लाग्ने यो प्रश्नको सोनमले सहजतापूर्वक जवाफ दिइन्-‘म सबै धर्म, जाति र सम्प्रदायलाई मन पराउँछु । हिन्दू धर्मले मलाई यही सिकाएको छ ।’

त्यसपछि अर्का व्यक्तिले सोधे-‘के तपाईं आफ्ना पाकिस्तानी फलोअरहरुलाई माया गर्नुहुन्छ ?’

सोनमले जवाफ दिइन्, ‘म सिंगै पाकिस्तानलाई माया गर्छु । म त्यहाँ गएर छुट्टी मनाउन लालायित छु ।’

सोनम विगतदेखि तेस्रोलिंगीको अधिकारका पक्षमा खुला वकालत गर्दै आएकी छन् । यस विषयमा पनि एक जनाले प्रश्न राखे ।

‘भारतजस्तो रुढिवादी देशमा तेस्रोलिंगीको वकालत गर्ने हिम्मत तपाईंलाई कहाँबाट आयो ?’
सोनमको जवाफ थियो -‘सत्य कुराको वकालत गर्न कुनै हिम्मत चाहिँदैन मित्र । केवल प्रतिवद्धता चाहिन्छ । म अहिले पनि आफ्नो धारणामा उत्तिकै अडिक छु ।’

हालै आफ्ना प्रेमी आनन्दा आहुजासँग विहे गरेकी सोनम यतिबेला आफ्नो पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ को सफलताको खुशी मनाइरहेकी छन् ।
त्यसपछि पनि उनले अभिनय गरेको फिल्म सञ्जु प्रदर्शनमा आएको छ । तर, यो फिल्ममा उनको छोटो रोल भएकाले खासै चर्चा पाइनन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु