adv

राहुल गान्धीको कडा आक्रोस: नरेन्द्र मोदी चीनसँग झुक्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका विषयमा कडा आलोचना गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्- ‘हाम्रा प्रधानमन्त्रीको ‘बिना एजेण्डा’ वाला चीन भ्रमणका पछाडि कुनै एउटा ‘चिनियाँ एजेण्डा’ हुन्छ । यो सब भर्खर–भर्खर थाहा हुँदैछ । भारतको इतिहासमा कुनै प्रधानमन्त्री विदेशी शक्तिसँग झुकेनन् । यही बीजेपीको राष्ट्रवाद हो । जुन उदांगो भएर देखिइरहेको छ ।’

 

Rahul Gandhi

@RahulGandhi

Our PM’s “no agenda” China visit, clearly had a “Chinese hidden agenda” which is now unravelling. Never before in India’s history has a PM capitulated to pressure from a foreign power, as this one has. This is BJP nationalism on full display. https://theprint.in/security/indian-army-puts-mountain-strike-corps-aimed-at-china-in-cold-storage/82319/ 

Indian Army puts Mountain Strike Corps aimed at China in cold storage

The instant order to stop ‘new raisings’ – create battalions with fresh recruits – has been prompted by financial constraints.

theprint.in

कांग्रेस अध्यक्ष गान्धीले ‘द प्रिन्ट’ समाचार शेयर गर्दै प्रधानमन्त्री मोदीको चीनबारे टिप्पणी गरेका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक चीन भ्रमणमा गैसकेका छन् । पछिल्लो पटक भारतीय प्रधानमन्त्री मोदी अनौपचारिक भ्रमणमा चीन गएका थिए ।

भारतमा आगामी वर्ष हुने लोकसभा चुनावको माहोल छाइसकेको छ । बीजेपी नेतृत्वको गठबन्धन एनडीए र कांग्रेस नेतृत्वको यूपीए गठबन्धनबीच नै तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । विपक्षीहरुका तर्फबाट कांग्रेस अध्यक्ष गान्धी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सम्भावना रहेको छ । बीजेपी नेतृत्वकाे एनडीएले भने माेदीलाई दाेहाेर्‍याउने पक्कापक्की जस्तै छ ।

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु