adv

सलमानले डा. हात्तीको सम्पूर्ण उपचारको खर्च उठाएका थिए

हास्य टेलिसिरियल ‘तारक मेहता का उल्टा चश्मा’ का लोकप्रिय पात्र हंसराज हात्तीको भूमिका निर्वाहा गर्ने कलाकार कवि कुमार आजादको केहि दिन अगाडि हार्ट अट्याकका कारण निधन भएको छ । डा. हात्तीले पहिला पनि आफ्नो वजनका कारण कयौं पटक समस्याको सामना गरिसकेका थिए ।


८ वर्ष अगाडि डा. हात्ती आफ्नो शोको सेटमा बेहोस भएका थिए । र, उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो । त्यस घट्नापछि उनको अवस्था निकै जटिल भएको थियो । अस्पतालमा उनको बेरियाट्रिक सर्जरी गरिएको थियो ।

उनको अवस्था देखेर बलिउड सुपरस्टार सलमान खानले डा. हात्तीको सम्पूर्ण उपचारको खर्च उठाएका थिए । अस्पतालमा भएको सर्जरीपछि उनको तौल १४० किलो भएको थियो । उपचारभन्दा अगाडि उनको तौल २६५ थियो ।

बाल्यकालदेखि नै अभिनयका सौखिन थिए डा. हात्ती

डाक्टर हात्तीलाई बाल्यकालदेखि नै अभिनयको सौख थियो । युवा हुनसाथ उनको तौल तेज गतिमा बढ्यो । यसको बाबजुत् पनि उनले आफ्नो अभिनयको सौखलाई छाडेनन् ।

उनले कयौँ पटक अन्तर्वार्तामा भनेका छन्, ‘म शोमा डाक्टर बनेको छु तर रियल लाइफमा एक सानदार विरामी हुँ ।’ कवि कुमार आजाद ४५ वर्षका भइसकेका थिए । उनले ‘फन्टूश व मेला’ जस्ता फिल्ममा पनि काम गरेका थिए ।

 

– एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु