adv

‘रोमियो एण्ड मुना’ को प्रचारका लागि चलचित्र टिम पुगे चन्द्रागिरी हिल्स

पर्यटकिय स्थल चन्द्रागिरी हिल्स पुगेर फिल्म ‘रोमियो एण्ड मुना’ टिमले फिल्मको प्रचार गरेको छ । विनय श्रेष्ठ (रोमियो) र सृष्टि श्रेष्ठ (मुना) सँगै निर्देशक नरेशकुमार केसी र निर्माता प्रशन्न गोपालीसहितको टोली फिल्मको प्रचार गर्न त्यहाँ पुगेका हुन् ।


उनीहरुलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले स्वागत गरेका थिए । मेयर गिरीले चन्द्रागिरी नेपाली फिल्मको प्रचार गर्ने गतिलो स्थल बन्न सक्ने बताए । उनले चाँडै नै चन्द्रागिरीमा फिल्म हल बनाइने समेत आश्वसन दिए ।

‘रोमियो एण्ड मुना’ टिम केबुलकार चढेर भालेश्वर मन्दिरसम्म पुगेको थियो । त्यहाँ पुगेर टिमले छोटो प्रेसमिट गर्‍यो । विनय र सृष्टिले आफ्नो लागि ‘रोमियो एण्ड मुना’ विशेष रहेको बताए । उनीहरुले चन्द्रागिरी घुम्न गएका सयौँ दर्शकसँग फिल्मबारे अन्र्तक्रिया पनि गरे ।

‘डाइङ क्यान्डल’ बाट प्रशंसा पाएका निर्देशक केसीले ‘रोमियो एण्ड मुना’ पनि मिहेनत गरेर बनाएको बताए । पहिलो पटक फिल्म बनाएका निर्माता गोपालीले फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ने आशा राखे ।


प्रदर्शन मिति नजिकिएसँगै टिमले फिल्मको प्रचारलाई तिव्रता दिने योजना बनाएको निर्माता गोपाली बताए । ‘हामी राजधानी बाहिर गएर पनि फिल्मको प्रोमोशन गर्छौं’, निर्माता गोपालीले भने । फिल्ममा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ ।

साउन ११ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्म प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले संयूक्त रुपमा निर्माण गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु