adv

‘चिँ मुसी चिँ’ की अभिनेत्री अलिशा शर्माको हट नृत्य

साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘चिँ मुसी चिँ’ की अभिनेत्री अलिशा शर्माको हट नृत्यले नारायणगढ तातेको छ । शनिवार साँझ नारायणी किनारमा भएको भव्य कन्सर्टमा नारायणगढवासी सयौँ दर्शकलाई अलिशाको नृत्यले पानीपानी बनाएको थियो ।


फिल्म प्रचारका लागि देश दौडाहामा निस्किएको ‘चिँ मुसी चिँ’ टीमले पूर्वी नेपालका केहि शहरहरुमा कन्सर्ट भ्याएर शनिवार चितवन पुगेको थियो । चितवनको कन्सर्टमा मुख्य आकर्षण अलिशाको नृत्य थियो ।

फिल्ममा समावेश चार गीतमा सुनिल क्षेत्री, अलिशा शर्मा र सुसान्त कार्कीको आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने फिल्ममा समावेश अन्न्य गीतमा सुनिल र अलिशाले ठुम्का लगाएका थिए । अलिशाको गृहनगर चितवनमा भएको उक्त कन्सर्टमा उनले आफूलाई हट अवतारमा प्रस्तुत गरेकी थिइन् ।


फिल्म टीमले देशैभर प्रमोशनल कन्सर्ट गरिरहेको निर्देशक दिनेश श्रेष्ठले बताए । विर्तामोड, धरान, लालबन्दी, हरिवन, हेटौँडा, नारायणगढ सहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौ लगायतका शहरहरुमा फिल्मले लगातार कन्सर्ट आयोजना गर्ने बताईएको छ ।


अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको ‘चिँ मुसी चिँ’ को कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।


सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याललगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु