adv
adv

फिल्म ‘साली कस्को भेनाको’ ‘माया तिमीलाई…’ बोलको रोमान्टिक गीत हेर्नुहोस्

भाद्र २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको कमेडी फिल्म ‘साली कस्को भेनाको’ रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘माया तिमीलाई…’ बोलको गीत सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

सुरजसिंह ठकुरीको शब्द तथा संगीत रहेको गीतमा स्वर भने संगीतकार ठकुरी र आकांक्षा बस्यालको छ । गम्भिर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल र नव-नायक देव सागर फिचर्ड छन् ।

विल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, सुष्मा कार्की, वीरेन श्रेष्ठ, पुष्प आचार्य, जयनन्द लामा, कविता आलेको पनि यो फिल्ममा अभिनय छ ।

 

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्मको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । फिल्मको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।

मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको फिल्मको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि ‘कान्छी’, ‘कर्जा’ र ‘सन्तान’ फिल्म निर्माण गरिसकेका छन् ।

गीत हेर्नुहोस् :

 

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु