adv
adv

‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक, ट्रेलरमा सुन तस्करीको कुरा

अभिनेता अनुप विक्रम शाही स्टारर फिल्म ‘झमक बहादुर’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । पहिलो ट्रेलर सार्वजनिक हुँदा यो फिल्म दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी भन्दै चर्को आलोचना भएको थियो ।

दोस्रो ट्रेलरले फिल्म कमेडी जनरामा निर्माण भएको प्रष्ट हुन्छ । पैसा र सुनका लागि पात्रहरुको बीचको तनाव र द्वन्द्वलाई ट्रेलरमा देखाइएको छ । यो फिल्ममा अभिनेता शाहीले कान नसुन्ने युवकको भूमिका निर्वाह गरेका छन् ।

निर्देशक भोमन कटुवालले ‘झमक बहादुर’, ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी नरहेको बताउँदै नितान्त नेपाली परिवेश सुहाउँदो फिल्म रहेको बताएका छन् । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।

अनुप विक्रम शाही, यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा ओम सुनारको संगीत छ ।

राजु किरात राईको द्वन्द्व रहेको फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । सह-निर्माता कोपिला कुमारी डल्लाकोटी रहेकी छन् । पवन गौतमको छायांकन रहेको यो फिल्म साउन १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु