adv

‘रोमियो एण्ड मुना’ को ‘तिम्रै लागि हो..’ बोलको रोमान्टिक गीत सार्वजनिक {भिडियो}

साउन ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ को रोमान्टिक गीत रिलिज भएको छ । ‘तिम्रै लागि हो…’ बोलको गीतले यी दुईको प्रेमभाव बोल्छ ।

हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको यस गीतमा गौरव डगोकरको स्वर छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन् । यो सहित फिल्ममा समावेश ६ गीत सार्वजनिक भैसकेका छन् ।

‘रोमियो एण्ड मुना’ लाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘डाइङ क्यान्डल’ फिल्म निर्देशन गरेका थिए । निर्देशक केसीको पटकथा रहेको फिल्ममा निरोज महर्जनले केसीलाई संवाद लेख्न सघाएका छन् ।

फिल्ममा विनय र सृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायत कलाकाररुको अभिनय छ । फिल्म ‘रोमियो एण्ड मुना’ मा प्रशन्नमान गोपाली, रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य मिलेर बनाएका हुन् ।

गीत हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु