adv

हलमा लागे ‘भैरे’ सहित तीन फिल्म

गएको हप्ता हलमा चार फिल्म लागेका थिए, ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ । यीमध्ये ‘बोबी’ ले केहि सुखद कलेक्सन गर्‍यो, बाँकी तीन फिल्म ‘हात्ति आयो हात्ति आयो फुस्स’ झैँ भए ।

केहि वर्षयता हरेक साताको शुक्रवार दुईभन्दा बढी फिल्मको ‘भाले जुधाई’ सामान्य हुन थालेको छ । हल र दर्शक संख्याका हिसाबले एकै साता एकभन्दा बढी फिल्म रिलिज हुनुलाई व्यापारिक रूपमा जोखिमपूर्ण मानिन्छ ।

स्टार कलाकार र ठूला ब्यानरका फिल्म बाहेक वर्षमा निकै कम फिल्मले मात्र सोलो रिलिजको अवसर पाउने गर्दछन् । जसले गर्दा निर्माताले घरघडेरी डुबाउनु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन । तर, अब राजधानीका २० हलमा बक्स अफिस लागू भएका कारण निर्मातालाई केहि राहत भने हुनसक्छ ।

हरेक हप्ताको शुक्रवार दुईभन्दा बढी फिल्म रिलिज हुने परम्परा यस हप्ता पनि तोडिएन । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताका लागि तीन फिल्मले एकसाथ प्रदर्शन थालनी गरेका छन् । ‘भैरे’, ‘पण्डित बाजेको लौरी’ र ‘चक्कर’ ले शुक्रवारबाट एकसाथ प्रदर्शन आरम्भ गरेका हुन् ।

यी तीन फिल्म फरक-फरक जनराका छन् । ‘भैरे’ ले देशमै बसेर संघर्ष गरिररहेको एक युवाको कथा बोल्छ भने ‘पण्डित बाजेको लौरी’ मा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई देखाइएको छ ।

यता ‘चक्कर’ क्राइम जनराको फिल्म हो । यो फिल्मलाई अनुष्क रौनियारले निर्देशन गरेका हुन् । रविन आचार्यको निर्माण र छायांकन रहेको फिल्ममा ऋचा शर्मा, एभोनराज उप्रेती, अर्पण थापा, सृजना सुब्बा, स्मृति पोखरेललागयतका कलाकारहरुको अभिनय छ ।

एभरेष्ट सूर्य बोहरा निर्देशक फिल्म ‘भैरे’ मा दयाहाङ्ग राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।

दीपक ओली निर्देशित फिल्म ‘पण्डित बाजेको लौरी’ मा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यी तीन नेपाली फिल्मसँगै मल्टिप्लेक्समा बलिउड फिल्म ‘धडक’ ले प्रदर्शन थालेको छ । यसमा स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको प्रमुख भूमिका छ । यो उनको डेब्यु फिल्म हो ।

ईशान खट्टर उनको अपोजिटमा छन् । ‘हम्प्टी शर्मा की दुल्हनिया’ र ‘बद्रीनाथ की दुल्हनिया’ निर्देशन गरिसकेका शशांक खेतानले ‘धडक’ को निर्देशन गरेका छन् । यो फिल्मले नेपालका मल्टिप्लेक्समा उच्च शोज पाएको छ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु