adv

गोविन्द शाही फिल्मीकर्मी कुट्दै फेरी माफी माग्दै

दुध धेरै उम्लियो भने पोखिन्छ भन्ने एउटा नेपाली उखान नै छ । के, नेपाली चलचित्र क्षेत्रमा सफल वितरक मानिएका गोविन्द शाही भने त्यही बाटोमा लागेका हुन् ?

उनका पछिल्लो गतिविधीले यस्तै छनक दिन थालेको छ । केही समय अगाडि वितरक गोपाल कायस्थसँग लफडा गरेपछि गोविन्दले माफी मागेका थिए । चलचित्र संघको कार्यलयमै गोविन्दले वितरक कायस्थमाथि हात हालेका थिए ।

गोविन्द एउटा सफल वितरक मात्र नभएर चलचित्र निर्माता संघको कार्यसमितीमा पनि छन् । निर्माता संघको कार्यसमितीमा भएको मानिसले यस्तो कार्य गर्दा सजगता अपनाउन आवश्यक छ ।

उनै, गोविन्दले आजबाट रिलिज भएको चलचित्र ‘चक्कर’का निर्माता रविन आचार्यमाथि हातपात गरेका थिए । केही दिन अगाडि काठमाण्डौको दरबारमार्गमा रहेको वुडल्याण्ड होटलमा आयोजना भएको चलचित्र ‘पण्डित बाजेको लौरी’को पत्रकार भेटघाट कार्यक्रममा गोविन्दले रविनलाई हात हालेका थिए । रविनले दरबारमार्ग प्रहरी बिटमा आफूमाथि हातपात भएको भन्दै उजुरी दिएका थिए ।

सुरुमा प्रहरी समक्ष आफूले नकुटेको बताएका गोविन्द प्रहरीले सीसीटीभी फुटेज देखाएपछि गलेका थिए । उनले अब आइन्दा यस्तो गतिविधीमा संलग्न नहुने भन्दै माफी मागेका थिए ।

छायांकार समेत रहेका आचार्यमाथि हातपात भएपछि चलचित्र प्राविधिक संघले विज्ञप्ती समेत निकालेको थियो । गोविन्दले आफूले वितरण गरेको चलचित्रसँग आफ्नो चलचित्र चर्चाका लागि मात्र जुधाएको भन्दै रविनलाई कुटेका थिए ।

तर, गोविन्द शाहीले वितरण गरेका चलचित्रहरु पनि अन्य चलचित्रमाथि जुध्न आएका उदाहरण धेरै छन् । फलानो चलचित्रलाई सक्न पर्छ भन्दै चलचित्रमाथि चलचित्र जुधाउने कुरामा सबैभन्दा अगाडि वितरक नै छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु