adv

श्रीदेवीकी छोरी जान्हवी अभिनित फिल्म ‘धडक’लाई मिल्यो राम्रो प्रशंसा

अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूर र अभिनेता शाहिद कपूरका भाइ इशान खट्टर अभिनित फिल्म ‘धडक’ जुलाई २० अर्थात आज शुक्ररबारदेखि प्रदर्शन भइसकेको छ ।

यस फिल्मबाट जान्ह्वी कपूरले बलिउड डेब्यू गरेकी छिन् । जान्हवी कपूरका साथ अभिनेता इशान खट्टर यस फिल्मका मुख्य पात्र हुन् ।

शुक्रबार फिल्म प्रदर्शन भएसँगै फिल्म समीक्षकले यस फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् । करण जोहरको निर्माण तथा निर्देशक शशांक खेतानको निर्देशनमा बनेको यस फिल्ममा अभिनेता इशान खट्टर तथा अभिनेत्री जान्ह्वी कपूरको अभिनयको पनि राम्रै प्रतिक्रियाहरु आइरहेका छन् ।

मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमेक बनाएका निर्देशक शशांक खेतान ‘धडक’ लाई ‘सैराट’ जस्तो बनाउन चाहन्थे । तर सुपरहिट फिल्म ‘सैराट’ जस्तै फिल्म बनाउन बलिउडका फिल्म निर्माताहरुको लागि सजिलो काम भने पक्कै पनि होइन । फिल्ममा अभिनेता इशान खट्टरले बेजोड अभिनय गरेका छन् । इशानको दमदार अभिनयले जान्हवी कपूरमाथि दबाब सिर्जना गरिदिएको छ ।

फिल्म ‘धडक’ को कुल बजेट ७० करोड रुपैयाँ हो । जसमध्ये ५० करोड रुपैयाँ फिल्म निर्माण गर्न लागेको थियो भने २० करोड रुपैयाँ फिल्मको विज्ञापन तथा प्रमोशनमा खर्च गरिएको थियो । यसैबीच फिल्मका लागि अभिनेत्री जान्हवी कपूर तथा इशान खट्टरले कति पारिश्रमिक लिए त ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हुन सक्छ ।


भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार फिल्ममा जान्हवी र इशानका लागि ६० लाख रुपैयाँ दिइएको छ । तर यी दुवैलाई ३०-३० लाख रुपैयाँ दिइयो वा ६० लाख रुपैयाँ बाट इशान र जान्हवीलाई घटबढ गरेर दिइयो भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

‘धडक’ प्रदर्शन भएसँगै यस फिल्मको अहिले चौतर्फी चर्चा भइरहेको छ । चर्चाको कारणमध्ये एक हुन् अभिनेत्री श्रीदेवी । किनकी श्रीदेवी स्वयम छोरी जान्हवीका साथ फिल्म ‘धडक’ मा संलग्न थिइन् । तर फिल्मको निर्माण पूरा हुन नपाउँदै उनको निधन भएको थियो ।

श्रीदेवी जस्ती उत्कृष्ट कलाकार गुमाएको बलिउडमा यस फिल्मबाट डेब्यू गरिरहेकी उनकी छोरी जान्हवीलाई श्रीदेवीसँग तुलना गरेर पनि हेरिएको छ । अब फिल्म ‘धडक’ मार्फत जान्हवी कपूर र इशान खट्टरले दर्शको कत्तिको साथ पाउनेछन् भन्नेबारे केही दिनभित्रमै थाहा हुनेछ ।

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु