नेपालीयुवा पुस्ताका चर्चित क्रिकेटर सन्दिप लामिछानेको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजधानीमा ‘उदास मेरो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
सन्दिपले आईपीएल खेल्नुभन्दा अगाडि नै गीतको अडियो सार्वजनिक गरिसकेका थिए ।
लामिछानेलाई उक्तम्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नै निम्बसले ५० हजार रुपैयाँको चेक सहित सम्मान गरेको छ ।
म्युजिक भिडियोमा जीबन भट्टराई र सृष्टि खड्का को अभिनय रहेको छ ।
लामिछानेले कार्यक्रममा भने-‘म आज जुन स्थानमा छु, त्यो सबै क्रिकेटले गर्दानै भएकोले क्रिकेटलाई अझै मेहनतका साथ अगाडि लैजानेछु ।’
उनले क्रिकेट खेल्न सुरु गर्दा परिवारबाट पहिले साथ नपाएको तर अहिले निकै राम्रो साथ र सहयोग पाएकोले गीत संगीत र क्रिकेटलाई संगै अघि बढाउने बताए ।
भिडियो हेर्नुहोस्: