adv

श्रद्धा कपूर र कृति सेनबीच ठाकठुक, कारण बन्यो सुशान्त सिंह राजपुत

बलिउड फिल्म उद्योगमा अहिले अभिनेत्री श्रद्धा कपूर र कृति सेनबीच ठाकठुक चलिरहेको छ ।

यी दुवैबीच मनमुटावको एक मात्र कारण हुन अभिनेता सुशान्त सिंह राजपुत । केही समय यता अभिनेता सुशान्त सिंह राजपुत र कृति सेनन एकअर्काको प्रेममा रहेका खबरहरु आइरहेका छन । तर यी दुवैले आफूहरु असल साथीमात्रै रहेको भन्दै यस खबरको खण्डन गरिरहेका हुन्छन् । तर यी दुवै अधिकांश समय एकसाथमा समय बिताइरहेका तस्बिरहरु बेलाबेलामा मिडियामा आइरहेका हुन्छन् ।

अहिले सार्वजनिक भएको खबर अनुसार सुशान्त सिंह राजपुतको आगामी फिल्मका लागि निर्माताहरुले श्रद्धा कपूरलाई साइन गर्ने निर्णय लिएका छन् ।

निर्माताहरुको यस निर्णयले अभिनेत्री कृति सेननको मन नमज्जासँग दुखेको छ । किनकी कृति सेनन यस फिल्ममा श्रद्धा कपूर नभै सुशान्तको जोडीको रुपमा आफूलाई राख्न सिफारिस गरिरहेकी थिइन् । तर निर्माताले कृतिलाई नभई श्रद्धा कपूरलाई साइन गर्ने निर्णय गरे ।

 

तसर्थ कृतिलाई श्रद्धा कपूरलाई सुशान्तको जोडी बनाउने निर्णय चित्त बुझेन । सुशान्तसँगको सम्बन्धबारेको खबरहरुको खण्डन गर्दै हिँड्ने कृतिले यस पटक श्रद्धालाई सुशान्तको जोडी बनाउने निर्णयप्रति भने खुलेरै असन्तुष्टि पोखिन् ।

 

फिल्म निर्माताले श्रद्धा कपूरलाई यस फिल्मका लागि साइन गर्ने निर्णय लिए पनि यसको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ । आधिकारिक घोषणा हुनु अगावै कृतिले देखाएको असन्तुष्टिले अब बलिउड फिल्म उधोगमा श्रद्धा र कृतिबीचको सम्बन्धमा दरार आउने भन्ने पक्का छ ।

 

कृति सेनन र सुशान्त सिंह राजपुतले यसअघि सन् २०१७ मा प्रदर्शित फिल्म ‘राब्ता’मा एकसाथ काम गरेका थिए । जुन फिल्म बक्स अफिसमा असफल भएको थियो ।

यतिबेला अभिनेत्री श्रद्धा कपूर फिल्म ‘स्त्री’ र ‘बत्ति गुल मिटर चालू’ को छायाँकंन सकेर बसेकी छिन् भने अभिनेता सुशान्त सिंह राजपुत फिल्म ‘साने चिडिया’ को छायाँकंनमा व्यस्त छन् । अभिनेत्री कृति सेनन फिल्म ‘हाउसफूल ४’ को छायाँकंनमा व्यस्त छिन् ।

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु