adv
adv

स्वर्गीय दीपक तामाङ र सीता तुम्खेवाको शब्द रहेको ‘अम्लारीफुङ फुल्यो’ को म्युजिक भिडियो सार्वजानिक {भिडियो}

गायककार संगीत आङ्खेवा लिम्बूले ‘अम्लारीफुङ फुल्यो’ को म्युजिक भिडियो सार्वजानिक गरेका छन् । स्वर्गीय दीपक तामाङ र सीता तुम्खेवाको शब्दलाई कमल रसाइलीले संगीत गरेका छन् भने स्वरमा संगीत आङ्खेवालाई सुनिता थेगिमले सघाएकी हुन् ।

पूर्वेली लिम्बू लोकलयमा आधारित गीतमा पालाम थेगो सुन्न सकिन्छ भने दृश्यहरुमा च्याब्रुङ तथा धाननाच देख्न पाइन्छ ।

विशाल सेनेहाङ र पेन्चे डोमा तामाङले अभिनय गरेको गीतको संगीत संयोजन चन्दु गोर्खाली, ड्रेस न्यू सम्झना उद्योग इलाम, श्रृङ्गार सोम मगराती, छायांकन भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन नगीन धिमाल, सम्पादन निशान घिमिरे कोरियोग्राफर र निर्देशन स्वयं गायक संगीतले गरेका हुन् । गीतलाई हाइलाइट्स् नेपालले सार्वजानिक गरेको हो ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु