adv
adv

चलचित्र ‘कथा काठमाण्डु’को रोमान्टिक गीत रिलिज,प्रियंका र प्रमोदको अन्तरंग दृश्य (भिडियो)

चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ ।

गीतको भिडियोमा प्रमोद र प्रियंका निकै हट देखिएका छन् । दुइको अन्तरंग दृश्यलाई यसकी कोरियोग्राफर संगीता श्रेष्ठले कलात्मक ढंगले कोरियोग्राफी गरेकी छिन् । संगीताले नै यो चलचित्रको लेखन तथा निर्देशन गरेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।

 

गीतको बारेमा बोल्दै निर्देशक श्रेष्ठले, यो गीत र यसको भिडियोले चलचित्र बोल्ने बताइन् । काठमाण्डौ भित्र हुने ३ फरक फरक कथामा तयार गरिएको यो चलचित्रको भिडियोले युटुबमा सार्वजनिक भएसँगै चर्चा पाएको छ ।प्रियंका कार्कीको यो हट अवतारले धेरैलाई अचम्मित समेत बनाएको छ । असोज १२ गतेबाट चलचित्र रिलिज हुने बताइएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु