adv

अजयको फिल्म ‘तानाजी : द अनसंग वारियर’ मा सैफअलि खान भिलेन

 

बलिउडका ‘सिंघम’ स्टार अजय देवगन फिल्म ‘तानाजी : द अनसंग वारियर’ बनाउँदैछ । यो फिल्मको उनले गएको वर्ष नै घोषणा गरेका थिए । अजयको प्रोडक्सन हाउसमा बन्न लागेको यो सबैभन्दा महंगो फिल्म हुनेछ ।

यो फिल्ममा हाई क्वालिटीको भिजुअल इफेक्ट्स हुनेछ, जसका कारण यसको बजेट करीब १५० करोड हुने पूर्वअनुमान गरिएको छ । अजय फिल्ममा तानाजीको भूमिकामा देखिनेछन् ।
ओम राउतले निर्देशन गर्ने ‘तानाजी’ को कहानी छत्रपति शिवाजी महाराजको कोली सेनाका प्रमुख तानाजी मालुसरेको जीवनको वरिपरि घुम्छ ।

 

खबरअनुसार, यस फिल्ममा बलिउड अभिनेता सैफ अलि खान खलनायकको भूमिका देखिने प्रवल सम्भावना छ ।
अजय चाँडै यस फिल्मको छायांकन सुरु गर्दैछन् । फिल्ममा अभिनेत्री काजोलले अजयको श्रीमतीको भूमिका निर्वाहा गर्न सक्ने चर्चा छ । भारतीय मिडियाका अनुसार, खलनायकको भूमिकाका लागि सैफ अलीलाई अप्रोज गरिसकिएको छ ।

सैफ यस फिल्ममा उदयभान राठौरको भूमिकामा देखिन सक्छन् । सैफ फिल्म गर्न राजी भए अजय र उनी करीब १२ वर्षपछि एकै फिल्ममा सँगै देखिनेछन् । यसअघि यी दुईले ‘कच्चे धागे’, ‘ओमकारा’ जस्ता फिल्ममा काम गरेका छन् ।

 

-एजेन्सी 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु