adv

पाकिस्तान चुनाव बारेमा सर्वेक्षण यसो भन्छ-

सस्टिनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युट (एसडीपीआइ) र हेराल्ड म्यागेजिनले संयुक्त रुपमा गरेको सर्वेक्षणले पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले पाकिस्तान आम निर्वाचनमा झिनो अग्रता लिने देखाएको छ । पाकिस्तानमा बुहमतको साटो मिलिजुली सरकार बन्न सम्भावना सर्वेक्षणले देखाएको छ ।

 

पीटीआइले पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) माथि ४ प्रतिशतको झिनो अग्रता लिने देखाइएको छ । यो ४ प्रतिशत सर्वेको मार्जिन –+१.३ प्रतिशतभन्दा बाहिर रहेको उल्लेख छ ।

 

यद्यपि, सबैभन्दा विचारणीय कुरा सर्वेक्षणमा सहभागी १३ प्रतिशत अनिर्णित रहेका छन् । त्यस्तै, सर्वेक्षण अनुसार पीएमएल–एनले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) माथि ५ प्रतिशतले अग्रता कायम गर्ने सम्भावना छ ।

 

निर्वाचनको सबैभन्दा मुख्य रणभूमी पञ्जाबमा सर्वेक्षणले नवाजको पार्टी पिएमएल–एनको पल्ला भारी हुने देखाएको छ । यो प्रान्तमा पीएमएलएनले ७ प्रतिशतको अग्रता कायम गर्ने सर्वेक्षणले बताएको छ, जुन प्रान्तीय त्रुटीको मार्जिन +१.९ पोइन्ट भन्दा बाहिरको हो ।

 

द हेराल्ड–एसपीडीआइ सर्वेक्षणले पञ्जाबका १४ प्रतिशत सहभागीहरु अनिर्णित रहेको देखाएको छ । र, यही अनिर्णित समूहले नै निर्वाचनको अन्तिम परिणाम निर्धारण गर्नेछ ।

यो नतिजा ग्यालप र पल्स कन्सल्ट्यान्ट्सले गत मेमा गरेको सर्वेक्षणसँग मेल खान्छ । त्यसमा पनि अनिर्णित मतदाताहरुको मतले नै पञ्जावको निर्वाचनमा फरक पार्न सक्ने देखाएको थियो ।

यो प्रान्तमा बहुमत प्राप्त गर्न पीटीआइले अनिर्णित मतदाताहरुको ठूलो हिस्सालाई आफूतिर तान्नुपर्नेछ । पीएमएल–एनले पनि यी मतदाताहरुको ठूलो हिस्सालाई रिझाउन सक्नुपर्छ । यसका लागि यी दुई पार्टीले आफ्नो समर्थकहरुले निश्चिन्त भएर राम्रोसँग मतदान वातावरण बनाउनुपर्छ ।

सर्वेक्षणको नतिजाअनुसार संसदमा कुन पार्टीले कति सिट जित्नेछन् भनेर ठोकुवा गर्न भने सकिँदैन । यसो गर्न नसक्नुका दुई मुख्य कारण छन् ।

पहिलो, अनिर्णित रुपमा रहेका १३ प्रतिशत मतदाताहरु कता लाग्छन् भन्ने कुराले धेरै फरक पार्छ । दोस्रो, पार्टीले जित्ने सिटहरु यसको निर्वाचन क्षेत्रमा फैलिएको समर्थनको आधारमा तय हुन्छ । तर, यस सर्वेक्षण निर्वाचन क्षेत्रको स्तरमा प्रतिनिधित्व गर्ने गरी गरिएको छैन ।

पञ्जाब प्रान्तभन्दा बाहिर पीएमएल–एनले धेरै चुनौती सामना गरिरहेको छ । पञ्जाबमा सर्वेमा सहभागी ४० प्रतिशतले समर्थन गर्ने पीएमएल–एनलाई खाइबर पख्तुनख्वामा जम्मा १० प्रतिशतले समर्थन गर्छन् । बलुचिस्तानमा ११ प्रतिशत र सिन्धमा जम्मा ४ प्रतिशतले समर्थन गर्छन् ।

त्यसैले पीएमएल–एनले संघीय सरकार निर्माण गर्नका लागि उसले केन्द्रीय पञ्जाबमा आफ्नो अग्रतालाई कायम गर्नेमात्रै होइन, प्रान्तको यस क्षेत्र भन्दा बाहिरका जिल्लाहरुमा पनि राम्रो अन्तरले जित्नुपर्ने हुन्छ ।

त्यस्तै पीटीआईले संघीय सरकार निर्माण गर्ने अवसर प्राप्त गर्नका लागि पञ्जाब र अन्य प्रान्तमा समेत जीत हासिल गर्नुपर्ने हुन्छ । यो पार्टी खाइबरमा सत्ताविरोधी लहरको ट्रेन्डलाई चिरेर आफ्नो पकड कायम राख्न सफल भएको छ ।

सर्वेक्षणमा सहभागी खाइबरका मतदाताहरु मध्ये ४२ प्रतिशतले पीटीआईलाई समर्थन गर्ने देखाएको छ । जुन अन्य मुख्य प्रतिद्वन्दी पीपीपी, मुत्ताहिदा मजिलिस–ए–अमाल र पीएमएल–एन भन्दा ३० प्रतिशतले बढी हो ।

पीएमएल–एन जस्तै पीटीआईले पनि राष्ट्रियसभाको सिटहरुमा बहुमत प्राप्त गर्न पञ्जाबका बुथहरुमा धेरै सुधार गर्नुपर्छ । तर, यसको साँचो सबै महत्वपूर्ण अनिर्णित मतदाताहरुमा रहेको छ ।

सर्वेक्षण अनुसार सिन्ध प्रान्तका ५४ प्रतिशत सहभागी मतदाताहरुले पीपीपीलाई समर्थन गर्छन्, जुन अन्य प्रतिस्पर्धी पीटीआई र ग्रान्ड डेमोक्रेटिक एलाएन्स भन्दा ४० पोइन्टले धेरै हो ।

सिन्धमा पार्टीको प्रभुत्वले उसलाई केन्द्रीय संसदको मुख्य खेलाडी बनाउने देखाउँछ । यदि पञ्जाबमा विभाजित परिणाम आयो भने अबको संघीय सरकार गठनमा सत्ताको साँचो पीपीपीको हातमा आउने छ ।

सर्वेक्षणले सिन्धको शहरी क्षेत्रमा मतपरिणाममा उल्लेखनीय परिवर्तन हुन सक्ने सम्भावना देखाउँदै त्यहा कुनै पनि पार्टीको विजय निश्चित छ भनेर ठोकुवा गर्न सकिने स्थिति नरहेको देखाएको छ ।

शहरी सिन्धजस्तै बलुचिस्तान पनि राजनीतिक समर्थनमा विभाजित देखिएको छ । सर्वेक्षण अनुसार त्यहाँ कुनै पनि एक पार्टीको स्पष्ट अग्रता देखिएको छैन् ।

त्यहाँ पीपीपी, पीटीआई र पीएमएल–एन तीनै मुख्य पार्टीहरुले ११ देखि १५ प्रतिशत सम्मको समर्थन प्राप्त गर्ने देखिएको छ । तर एमएमए पनी ८ प्रतिशत समर्थन सहित चौंथोमा देखिएको छ ।

क्षेत्रिय दलहरु बलुचिस्तान नेशनल पार्टी र पख्तुनख्वा मिली अवामी पार्टीले पनि क्रमश ६ र ४ प्रतिशत समर्थन प्राप्त गरेका छन् ।

हेराल्ड–एसडिपिआइ सर्वेक्षण जुन २५ देखि जुलाई १२ सम्म ५५ पाकिस्तानको ५५ जिल्लालाई समेटेर गरिएको थियो । अनियमित तरिकाले छानिएका ६००४ सहभागीहरुले भाग लिएको सर्वेक्षणमा २८४८ जना पन्जाबबाट, १११७ जना खाइबर पख्तुनख्वा, १०५५ जना सिन्ध र ९८४ जना बलुचिस्तानबाट रहेका थिए ।

राष्ट्रिय स्तरमा सर्वेको नतिजा तुलना गर्न प्रान्तीय सहभागीहरुलाई देशको पछिल्लो जनसङ्ख्यामा प्रान्तको अनुपात अनुसार अंकभार दिइएको थियो । त्यस्तै प्रत्येक प्रान्तमा जिल्लाका सहभागीहरुलाई जिल्लाको जनसङ्ख्याको अनुपात अनुसारको अंकभार दिइ सर्वेक्षणको नतिजा निकालिएको थियो ।

डन डटकम

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु