adv

“यस्तो एउटा संसार” बोलको गीतको भिडियोमा मोडल हिरोजन तुम्बाहाम्फे र कल्पना गुरुङको जोडी जमेको छ l

सार्वजनिक यस भिडियोको नवमोडल हिरोजन सुब्बा र कल्पना गुरुङ को दमदार अभिनय रहेको गीतमा जानु कामबाङ लिङदेनको शब्द, गंगा राज राईको संगीत र उदय राज पौडेलको अरेन्ज रहेको छ । रोमान्टिक भर्सनमा तयार भएको यस गीतमा सुनिता थेगिम र गंगा राज राईको सुमधुर स्वर समावेश रहेको छ । गीतको शब्द संगीत निकै अब्बल रहेकोले पनि धेरै दर्शक श्रोताको मन छुने संकेत देखिएको छ ।
उत्कृष्ट प्रतिभावान गायक गायिका र गीतकार अनि अरेन्जरको साथमा संगीतकारको समायोजनले यो गीत यति सुन्दर बनेको देखिन्छ । गंगा राज राई जसले यस गीतमा स्वर अनि संगीत दिएका छन् उनको आफ्नै किसिमको पहिचान छ र उनको बेग्लै नै प्रस्तुति हुने गर्दछ । यस्तै गीतकार जानु कामबाङ लिङदेनको शब्द लेखन शैलीको बेला बखतमा नेपाली सांगीतिक क्षेत्रमा खुबै चर्चा हुने गर्दछ ।


यस गीतको म्युजिक भिडियोको सम्पूर्ण छायांकन मलेसियामा गरिएको हो । मञ्जरी थिएटर ग्रुपको प्रस्तुति रहेको यस गीतको भिडियोमा फुर्वा दोर्जे मोक्तानको छायांकन, राजेन्द्र खड्काको सम्पादन र अमिर माबोको निर्देशन रहेको छ । भिडियोको पोस्ट प्रोडक्सनको काम बने अर्सु फिल्म्सले गरेको हो । भिडियो निकै नै उत्कृष्ट बनेको छ । भिडियो सुन्दर बनाउनको लागि निर्देशन अमिर माबोको प्रयास तारिफ योग्य छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु