adv

प्रदीपले धुर्मुस-सुन्तलीको ‘एन्टीभाइरस’ कि महजोडीको ‘दाल भात तरकारी’ मध्ये कुनमा साइन गर्लान ?

अभिनेता प्रदीप खड्का डिमाण्डेड छन् । उनलाई लिएर निर्माता-निर्देशक फिल्म बनाउन हानाथाप गरिरहेका छन् । प्रदीपलाई लिएपछि लगानी सुरक्षित हुने सोच उनीहरुमा छ । ‘प्रेमगीत’ बाट रातारात चम्किएका उनी पछिल्लो रिलिज फिल्म ‘लिलिबिली’ सम्म आइपुग्दा ‘स्टार’ बनिसकेका छन् ।

अचेल उनी फिल्म ‘रोजी’ मा व्यस्त छन् । यो फिल्म भाद्र २२ मा आउने चर्चा छ । हाल ‘लिलिबिली’ प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका उनीसँग दुई बिग ब्यानरका फिल्म हातमा आइपुगेका छन् ।

 

‘धुर्मुस-सुन्तली’ (सिताराम कट्टेल र कुञ्जना घिमिरे) ले निर्माण गर्न लागेको फिल्म ‘एन्टीभाइरस’ र ‘शत्रु गते’ टीम अर्थात् किरण केसी र ‘महजोडी’ ले निर्माण गर्न लागेको फिल्म ‘दाल भात तरकारी’ बाट उनलाई अफर पुगेको छ ।

उनी दुई फिल्ममध्ये कुन गर्ने दोधारमा छन् । दुवै फिल्मको कन्सेप्ट अभिनेता खड्काले सुनिसकेका छन् । दुवै फिल्मको थिमले उनलाई पगालेको छ तर, कुन साइन गर्ने ? अझै पनि अन्योलमा छन् । प्रदीपले नेपाल फर्केपछि निर्णय लिने बताए । उनले भने- ‘कुन गर्ने अहिले नै तय गरिसकेको छैन । दुईटामा एउटा गर्ने प्लान छ । अब नेपाल आएपछि निर्णय लिनेछु ।’

 

अहिले ‘एन्टीभाइरस’ र ‘दाल भात तरकारी’ को स्क्रिप्टको काम चलिरहेको छ । अब यी दुई फिल्ममध्ये प्रदीपले कुन फिल्म रोज्लान् ? सबैका लागि चासोको विषय बनेको छ । दुई फिल्ममध्ये जुन रोज्दा पनि उनका लागि फाइदाजनक हुने देखिन्छ ।

 

अहिले अभिनेता प्रदीप खड्काको हातमा लगातार फिल्म छन् । ‘रोजी’ पछि उनले नयाँ फिल्म ‘लभ स्टेशन’ को सुटिङ ज्वाइन गर्नेछ । यो फिल्मको छायांकन भ्याएपछि मात्र उनले अन्य फिल्मलाई समय दिनेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु