adv

धुर्मुस -सुन्तली फिल्म निर्माणको तयारीमा

हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि फिल्म दर्ता गरिएको छ ।

फिल्मको स्त्रिप्ट तयारीका लागि धुर्मुस-सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायत छन् ।

यसअघि नगरकोटमा बसेर एउटा खाका बनाए पनि त्यो चित्त नबुझेपछि उनीहरु पोखरा पुगेका हुन् । फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।

 

चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गरिएको छ । यद्यपि, यो नाम परिवर्तन हुने सम्भावना रहेको धुर्मुसको भनाई छ । साथै कलाकारहरुको विषयमा अहिले होमवर्क नभएको उनले बताए । ‘कथावस्तु तयार भइसकेपछि त्यसको डिमान्डअनुसार कलाकार छनोट गर्छौं,’ उनले भने ।

धुर्मुसले फिल्म र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउने मनस्थिति बनाएका छन् । उनी यतिबेला देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि जुटिरहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु