adv

बलिउडमा शाहरुख,सैफकी छोरी देखि अन्य कयौंको ईन्ट्री, को बन्लान् त सुपरस्टार ?

हालैमा बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खानको पहिलो फोटोसुट सोसल मिडियामा जबर्जस्त भाइरल भइरहेको छ । जाह्नवी कपूरपछि सुहानाले चर्चित म्यागजिन ‘भोग’ का लागि फोटोसुट गराएकी छन् । उनको बोल्ड र ग्ल्यामरस अवतारले यतिबेला सबैको होस उडाएको छ ।
यो फोटोसुट पश्चात् सुहाना चाँडै बलिउडमा ईन्ट्री गर्न लागेको चर्चा सुरु भएको छ । जाह्नवी कपूरले पनि आफ्नो पहिलो फिल्मभन्दा पहिला फोटोसुट गरेर चर्चा बटुलेकी थिइन् ।
अब सुहाना पनि उनको बाटोमा हिँडेकी छन् । सही समय र राम्रो स्क्रिप्ट आएको खण्डमा सुहानाले फिल्ममा ईन्ट्री गर्ने पिता शाहरुख खानले यसअघि नै बताइसकेका छन् ।
बलिउडमा कयौं नयाँ ईन्ट्रीको लिस्टमा सुहानाको नाम सबैभन्दा महत्वपूर्ण मानिएको छ । उनलाई पर्दामा देख्नका लागि फ्यानका लागि निकै रोमाञ्चक हुनेछ । वर्ष २०१९ सम्ममा दश स्टार किड्सले बलिउडमा ईन्ट्री लिनसक्ने चर्चा छ । जान्नुहोस् ती को-को हुन् ?
सारा अली खान 
अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले यस वर्ष बलिउडमा ईन्ट्री गर्दैछिन् । अचेल उनी अभिनेता रणवीर सिंहसँग फिल्म ‘सिम्बा’ गरिरहेकी छन् ।
अनन्या पान्डे 
चंकी पान्डेकी छोरी अनन्या पनि चाँडै फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । हालैमा यस फिल्मको देहरादून सेड्युल पूरा भएको छ ।
खुशी कपूर 
‘धडक’ फेम्ड अभिनेत्री जाह्नवी कपूरकी बहिनी खुशी कपूरले पनि बलिउडमा डेब्यु गर्न सक्ने बताइएको छ ।
अहान पान्डे 
अभिनेता चंकी पान्डेका छोरा अहान पान्डे पनि चाँडै बलिउडमा देखिन सक्नेछन् ।
नव्या नवेली नन्दा 
बलिउड अभिनेता अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दाले चाँडै बलिउड डेब्यु गर्नसक्ने चर्चा छ ।
आलिया फर्नीचरवाला 
पूजा बेदीकी छोरी आलिया फर्नीचरवाला आफ्नो बोल्डनेसका कारण खुब चर्चामा रहने गर्छिन् । बताइएअनुसार, चाँडै उनी बलिउडमा देखिन सक्छिन् ।
टीना आहूजा 
बलिउडका चर्चित अभिनेता गोविन्दाकी छोरी टीना आहुजा पनः बलिउडमा रिडेब्युका लागि तयार छिन् । यसअघि उनले ‘सेकेन्ड ह्याण्ड हस्बेन्ड’ फिल्म गरेकी थिइन्, जुन बक्सअफिसमा असफल भएको थियो ।
ईरा खान 
बताइएअनुसार, बलिउड सुपरस्टार आमिर खानकी छोरी ईरा खानले पनि बलिउडमा इन्ट्री लिने तयारीमा छिन् ।
पलक चौधरी 
अभिनेत्री श्वेता तिवारीकी छोरी पलक चौधरी पनि यो लिस्टमा छिन् ।
अलाना पान्डे 
अभिनेता चंकी पान्डेको दाईकी छोरी अलाना पान्डे पनि बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् । उनको बोल्डनेस र सुन्दरताको फिल्मी डेब्यु अगाडि देखि नै खुब चर्चा हुने गरेको छ ।
Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु