प्रबासी भुमी मलेसीयामा रोजगारको लागि पुगेका कला प्रेमी नेपालीहरुले मलसीयामै निर्माण तथा छायांकन गरेको चलचित्र “३ साल”को ट्रेलर सार्वजनिक भएको छ ।
चिनिया नयाँ बर्षको लामो छुट्टीलाई सदुपयोग गर्दै मञ्जरी थिएटर ग्रुपको प्रस्तुतीमा फूलबारी रेष्टुरेन्टको निर्माण रहेको चलचित्र “३ साल”मा बिशेष गरी युवाहरु रोजगारको लागि ३ साल करारमा मलेसीया प्रबेस गरे पनि कतिपय युवाहरु अनेकौ मायाँ जाल बुनेर र रमाईलोमा भुलेर गाउँ घरलाई चटक्कै बिर्सने गरेको र सोझा नेपाली कामदारले झेल्नु परेको दुःख पीडालाई सर्लक्क ऐना जस्तै देखाईएको छ ।
चलचित्र “३ सालमा” बालन्द माबोको लेखन रनिर्देशन हेमन्त माबो र बालन्द माबोकै शब्द तथा मनिपाल राई र कृष्ण कुमार राईको संगीतमा रहेको यस चलचित्रको गीतमा कृष्ण भक्त राई र नरेन्द्र माबोको आवाजमा २ ओटा गीत समाबेस गरीएको छ ।
“३ साल”मा कलाकारहरु अमीर माबो, बिसाल बेघा, सुष्मा लिम्बु, रबिन मगर, नरेश माङ्मु, फुर्बा दोर्जे मोक्तान, भिम बेघा, काफीया बान्तावा राई, सुर्य राई, अमृत लिम्बु, सन्तोस कार्की, राजु भुजेलको अभिनय रहेको छ ।
यस चलचित्रलाई छिट्टै मलेसीयाको बिभिन्न सहरहरुमा प्रदर्शन गरीने मञ्जरी थिएटर ग्रुपका अध्यक्ष तथा “३ साल”को नायक अमीर माबोले जानकारी दिएका छन् ।