‘अनमोल इभ-२०१८’ का निम्ति नायक अनमोल केसी मोफसल भ्रमणमा निस्किएका छन् । अनमोलका साथमा उनका पिता भुवन केसी पनि सँगै निस्किएका छन् ।
सँगै अभिनेत्री प्रियंका कार्की, अभिनेत्री झरना थापा लगायतका कलाकारहरु समेत मोफसलमा सँगै हुनेछन् । मोफसलमा निस्किए पछिको पहिलो कार्यक्रम बुटवलमा आयोजना गरिएको थियो ।
बुटवल बासीहरुको साथमा उपस्थित भएर अनमोलले चलचित्र ‘कृ’ मा समावेश ‘यतियति पानी गंगा रानी’ बोलको गीतमा नृत्य गरेका थिए । उनले ‘होस्टेल’ तथा ‘ड्रिम्स’ चलचित्रका गीत गाएर बुटवल बासीलाई नचाएका थिए ।
अभिनेत्री प्रियंका कार्कीले कार्यक्रममा आफ्नो दमदार नृत्य प्रस्तुत गर्दै माहोल निकै तातिएको थियो । नमस्ते नेपाल, सप्तक ब्याण्डका बालकलाकारहरूको गायन, नृत्यसहित कार्यक्रममा मोडलहरूले र्याम्पमा क्याटवाक समेत गरेका थिए ।
नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ‘अनमोल इभ–२०१८’ अब १६ गते पोखरा, २३ गते चितवन र भदौ २७ गते बिर्तामोडमा हुनेछ ।
विनापारिश्रमिक यो इभेन्टमा आवद्ध भएका उनीहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिँदैछन् ।