adv

नराम्रा फिल्म जति पैसा दिएपनि गर्दिनँ : प्रदीप खड्का

 

अभिनेता प्रदीप खड्का चलचित्रलाई लिएर चुजी छन् । वर्षमा एउटा नभए दुईटा भन्दा बढी उनका चलचित्र हलमा लाग्दैनन् । एउटा चलचित्र रिलिज नभएसम्म अर्को चलचित्रमा हात नहाल्ने बानी पनि छ उनको ।

बौद्धिक अभिनेताको रुपमा परिचित प्रदीप अब दुई वर्षका लागि प्याक भइसकेका छन् । उनी अभिनीत नयाँ फिल्म ‘रोज’ यही भाद्र २२ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले एक अपराधीको भूमिका निर्वाहा गरेका छन् ।


यो फिल्म रिलिज लगत्तै उनले घोषणा भइसकेको नयाँ फिल्म ‘लभ स्टेशन’ लाई समय दिनेछन् । यसपछि उनले फिल्म ‘भैरवी’ नभए ‘प्रेमगीत ३’ गर्ने तालिका छ । खबरअनुसार, उनको हातमा अहिले ५० लाखको ३ फिल्म छ, जसमध्ये उनले एक फिल्म साइन गरिसकेको चर्चा छ ।

एकपछि अर्को फिल्ममा अनुबन्ध भइरहँदा उनीमाथि पैसाका लागि लगातार फिल्म गरिरहेको आरोप लाग्न थालेको छ । तर, उनी यो कुराको खण्डन गर्छन् । ‘रोज’ का लागि देश दौडाहामा निस्किएका प्रदीपले पोखरामा आफूले पैसाका लागि लगातार फिल्म साइन नगरेको स्पष्ट पारे ।

‘राम्रा फिल्मलाई निःशुल्क गर्न पनि तयार छु । नराम्रा फिल्म जति पैसा दिएपनि गर्दिनँ । ‘रोज’ पछि साइन गरेका फिल्म मेरो करियरको पाइपलाइन हो’- उनले भने । प्रदीप आफ्ना हरेक फिल्म ६ महिनाको ग्यापमा रिलिज हुने बताउँछन् ।

पोखराबाट सुरु भएको ‘रोज’ को देश दौडाहामा अभिनेता खड्कासँगै मिरुना मगर, परमिता राणा, प्रताप दास लगायत सहभागी छन् । आफू पहिलोपटक रोमान्टिक जनराबाट टाढा रहेर थ्रीलरमा काम गरेकाले दर्शकले भिन्न टेस्टमा प्राप्त गर्ने अभिनेता खड्काले बताए ।

अभिनेत्री परमिताले आफ्नो जीवनको नजिक पात्रको भूमिकामा आफूले अभिनय गरेको बताइन् ।
अभिनेत्री मिरुना मगरले प्रदीपसँग काम गर्दा केमेस्ट्री निर्माण भएको बताउँदै आफूले उनलाई सरल र यथार्थवादी व्यक्तिको रुपमा लिएको बताइन् ।

टुर पोखरा, बुटवल, नारायणगढ, धरान, इटहरीदेखि बिर्तामोड पुगेर टुंगिनेछ । नीरक पौडेल निर्देशित फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेका हुन् । चलचित्रले एक सोझो युवकको क्राइम तर्फको यात्रा र उतारचढाव बोल्नेछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु