adv

फिल्म ‘दैलो’ को आइटम गीत हेर्नुहोस् {भिडियो}

कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘दैलो’ को आइटम गीत इन्टरनेट रिलिज भएको छ । ‘लाग्यो मलाई…’ बोलको गीतको भिडियोमा मोडल पवन पाठकले ठुम्का लगाएकी छन् ।

दुर्गा साउदको गायन रहेको गीतमा विमल भट्टराईको शब्द र लक्षु प्रकाश मल्लको संगीत सुन्न सकिन्छ । सुरेश उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा बिमल भट्टराईको छायांकन र तारा थापाको सम्पादन छ ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई अर्जुन उप्रेती तथा यसोदा उप्रेतीले संयूक्त रुपमा निर्माण गरेका हुन् । निर्देशक उप्रेतीले बनिरहेका फिल्मभन्दा ‘दैलो’ फरक रहेको बताए ।

उक्त फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।

भिडियो हेर्नुहोस् :

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु