adv

पल र पूजाको पोल्टामा उत्कृष्ट अवार्ड, अनमोल र साम्राज्ञीको पोल्टामा के ?

‘एजली सिने सर्कल अवार्ड’ र ‘सुर्य इन्टरनेशनल अवार्ड’ गरी आइतवार दुई नेपाली फिल्म अवार्ड सम्पन्न भएका छन् । ‘एजली सिने सर्कल अवार्ड’ काठमाडौंमा सम्पन्न भयो भने ‘सुर्य इन्टरनेशनल अवार्ड’ जापानको टोकियोमा सु-सम्पन्न भएको छ ।

एलजी अवार्ड अन्तर्गत चलचित्र ‘तिमीसँग’ बाट नाजिर हुसेन र चलचित्र ‘पञ्चायत’ बाट नीता ढुंगानालाई उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित गरियो । त्यस्तै, सुर्य अवार्ड अन्तर्गत चलचित्र ‘म यस्तो गीत गाउँछु’ बाट अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा उत्कृष्ट घोषित भए ।


‘सुर्य अवार्ड’ लाई १२ विधा र​ मास​ प​पुल​र​ ४ विधामा बाँडिएको थियो । दर्शकले गरेको भोटलाई आधार बनाएर पल र पूजालाई उत्कृष्ट अभिनेता-अभिनेत्रीको अवार्ड प्रदान गरिएको हो । ‘म यस्तो गीत गाउँछु’ चलचित्र नै उत्कृष्ट घोषित हुँदै सुदर्शन थापालाई उत्कृष्ट निर्देशकको अवार्डको भागेदारी बानाइयो ।

सह-अभिनेतातर्फ चलचित्र ‘ऐश्वर्य’ बाट प्रशान्त ताम्राकार र सह-अभिनेत्रीतर्फ ‘छक्का पञ्जा २’ बाट बर्षा राउतले प्राप्त गरे । मास​ प​पुल​र​ अवार्डको लागि ‘कृ’ बाट अभिनेता अनमोल केसीलाई थमाइयो भने चलचित्र ‘ए मेरो हजुर २’ बाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हातमा पर्न सफल भयो ।

‘जो गयो जापान, उसैले पायो अवार्ड’ भने जस्तै देखिएको सुर्य अवार्ड अन्तर्गत चलचित्र ‘शत्रुगते’ बाट प्र​दिप​ भ​ट्ट​राईले उत्कृष्ट निर्देशकको अवार्ड हात पारे भने उत्कृष्ट चलचित्र ‘छक्का पञ्जा २’ घोषित हुँदै अवार्ड पनि यही चलकित्रको पोल्टामा पर्‍यो । उक्त अवार्ड समारोहबाट बरिष्ठ हाँस्य​ अभिनेत्री ब​सुन्ध​रा भुषाल​ले भने लाइफ​टाईम​ अचिभ​मेन्ट​ अवार्ड हात पार्न सफल भईन् ।

यता, अभिनेता भुव​न​ केसीले सुर्य​ कलाकरिता सम्मान प्राप्त गरे भने, सामिप्यराज तिमल्सिनाले ‘सुर्य​ च​ल​चित्र​ प​त्र​कारिता’ र श्रीधर पौडेलले ‘फोटो प​त्र​कारिता पुरस्कार’ बाट पुरस्कार र सम्मान पाएका थिए । पुरस्कृत पौडेललाई नगद रु. १५ हजार प्रदान गरियो ।

त्यस्तै, अरु गाएनतर्फ कस-कसले जिते अवार्ड हेर्नुहोस्:-

१. पपतर्फ – गायक कमल खत्री र गायिका ईन्दिरा जोशी

२. लोकतर्फ – गायक रामजी खाँड र गायिका सम्झना मगर

३. आधुनिक गायनतर्फ – गायक राजेश पायल राई र गायिका मेलिना राई

 

एलजी अवार्डमा प्रदान गरिएको ५ विधाको अवार्डको अहिले चर्को आलोचना भइरहेको छ । स्क्रिनप्ले, बेस्ट कपल, पपुलर एक्टर (फिमेल), बेस्ट एक्टर (मेल) र बेस्ट चलचित्र विधामा दिइएको अवार्ड प्रती विवादास्पद उठेको छ । ‘ राम्रोलाई भन्दा हाम्रोलाई दिने’ प्रवृति मौलाएको देखिएपछी अवार्डप्रति आलोचना भएको हो । अवार्ड भनेको उत्कृष्ट मध्येबाट उत्कृष्टलाई प्रदान गरिनु पर्ने हो तर नेपाली अवार्डमा यो देखिन छोडेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु