adv

‘कथा काठमाण्डू’ भित्रको कती सिन काट्यो सेन्सरले ?

चलचित्र ‘कथा काठमाण्डू’ मा समाबेश ‘रातको कुरा’ बोलको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता प्रमोद अग्रहरीको इन्टिमेट सिनपछि चलचित्रको चर्को आलोचना र विरोध चलिरहेको छ । अझ, यसको ट्रेलरमा समेत प्रियंका र प्रमोदको अन्तरंग दृश्य भने छुटेन ।

तत्काल यूट्युबबाट ट्रेलर नहटाए कारबाही गर्ने भन्दै चलचित्र विकास बोर्डले निर्माण टिमलाई पत्र समेत काटेको थियो । तर, सोमवार चलचित्र सेन्सर पास भएको छ ।

चलचित्र विकास बोर्डले चलचित्र ‘कथा काठमाण्डू’ लाई पिजी सर्टिफिकेट प्रदान गर्‍यो । अब यो चलचित्र हेर्नका लागि १६ वर्ष उमेर मुनीकाले अभिभावकको साथमा मात्र जान पाउनेछ ।

 

निर्देशक संगीता श्रेष्ठले केही सिन काट्न लगाएर बोर्डले पिजी सर्टिफिकेट दिएको जानकारी दिईन् । निर्देशक श्रेष्ठले भनिन्-‘श्रीमतीको इच्छा विपरित यदी श्रीमानले शारीरिक सम्बन्ध राख्छ भने त्यो बलात्कार हो । चलचित्रले यही कथा बोल्छ । चलचित्रमा कहिँ भल्गर सिन छैन ।’

विजय राईले चलचित्र निर्माण गरेका छन् भने, लुजा सिंहको छायांकन रहेको छ । चलचित्र ‘कथा काठमाण्डू’ भिन्न-भिन्न तीन कथालाई बुनेर निर्माण गरिएको छ । यो चलचित्रमा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका रहेको छ ।

अष्ट महर्जनले द्वन्द्वको जिम्मेवरी सम्हालेको चलचित्रको गीतमा मोहित मुनाल, कमल खत्री, प्रदीप बाँस्तोला र सुरज विक्रम थापाले संगीत भरेका छन् ।चलचित्रलाई मित्र गुरुङले सम्पादन गरेका छन् । यो चलचित्र असोज १२ गतेबाट देशै भर एकसाथ प्रदर्शनमा आउँदैछ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु