adv

हेमन्त शर्मा र कैलाश खेरको म्यूजिक भिडियो उस्ताउस्तै ! {हेर्नुहोस् भिडियो}

गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनएका चर्चित गायक हेमन्त शर्माको आवाजमा सजिएको ‘बरिखा’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । विशेषत: नेपाली आधुनिक गीत संगीतमा फरक शैलीको, नेपालीपन झल्किने गीत गाउन माहिर मानिन्छन् हेमन्त शर्मा ।

उनले यसपटक पनि आफ्नो शैलीलाई कायमै राखेका छन् । गीतमा शर्माले नै शब्द तथा संगीत पनि भरेका छन् । राहुल शाहले गीतको भिडियोलाई निर्देशन गरेका हुँन्  भने पवन सुस्लिङको छायांकन रहेको छ । म्यूजिक भिडियोलाई निकै रोचक शैलीमा तयार पारिएको छ । उक्त्त म्यूजिक भिडियोमा मोडलहरु सारा सिर्पाली, एलिसा राई, अलिसा शर्मा, सुनिल क्षेत्री र भिमफेदी गाइजलाई फिचर्ड गरिएको छ । एक पात्रले अर्को पात्रलाई मन पराएको कथा भिडियोमा देखाउन खोजिएको छ ।


तर, सङ्योग के परेको छ भने सो गीतको भिडियो भारतका गायक कैलाश खेरको आवाजमा रहेको भारतीय ‘तोवा तोवा’ बोलको गीतको म्युजिक भिडियोको कथा सँग धेरै मीलेको पाइन्छ । .


पछील्लो समय चलचित्र क्षेत्रमा होस् या गीत संगीतको क्षेत्रमा अर्काको कथावस्तु कपी गरेको आरोप लागिरहेको बेला हेमन्त शर्माको ‘बरिखा’ बोल रहेको गीतको म्युजिक भिडियोको कथा र कैलाश खेरको ‘तोवा तोवा’ बोल रहेको गीतको म्युजिक भिडियोको कथा उस्ताउस्तै हुनु पनि के सङ्योग नै हो त ?

हेर्नुहोस् भिडियोहरु:-

हेमन्त शर्माको ‘बरिखा’ बोलको म्युजिक भिडियो-

कैलाश खेरको ‘तोवा तोवा’ बोलको  म्युजिक भिडियो-

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु