अहिले सबैजसो मनि स आफ्नो स्वास्थ्यप्रति सर्तक रहने गरेका छन् । स्वास्थ रहनका लागि राम्रो खानपान र रामो जीवनशैलीमा त ध्यान दिनैपर्छ ।
- सुन्ने गरेका यस्ता भनाईहरु –
-नुनको सेवन शरीरका लागि फाइदाजनक छैन ।
-चिनीको सेवन गर्नै हुन्न ।
– मैदाको खानेकुराले स्वास्थ्यलाई एकदम नोक्सान पुर्याउँछ ।
– मासुजन्य खानेकुराले रोग निम्त्याउँछ ।
यो पनि खान नहुने, त्यो पनि खान नहुने । अनी के चाँही त ? यस्ता भनाईहरु सुन्दा कतिलाई दिक्क मान्ने लाग्नु स्वाभविक नै हो । तर, त्यस्ता भनाइहरु सुनिरहदा, हामीले के बुझ्न आवश्यक छ भने- कुनैपनि कुरा पुरा निषेध गर्नुपर्छ भनिएको होइन । नुन, चिनी जस्ता कुराहरुको सेवन गर्नु स्वास्थ्यको लागि फाईदाजनक त्यतिखेर मात्र मानिदैन, जब हामीले सन्तुलित मात्रामा अथवा ठीक्क मात्रामा सेवान गरेका हुँदैनौ । अर्थात, यस्ता खानेकुराहरु सही मात्रामा सेवन गर्ने हो भने त्यसले वेफाइदा होइन, धेरै फाइदा गर्छ ।
तर, हामी के गर्छौ भने चिकित्सक वा कसैले कुनैपनि खानेकुरा कन्ट्रोल गर्नुपर्यो भन्यो भने हामी त्यसलाई पूर्ण रुपमै खान छाड्छौं । कन्ट्रोल गर्नु भनेको पुरै छाड्नु होइन । हाम्रो शरीरलाई विभिन्न किसिमको पोषक तत्वको आवश्यक पर्छ । र ति सबै पोषक तत्वहरु खानेकुराबाट नै प्राप्त हुन्छ । त्यसैले, हामीले उक्त खानेकुराहरु चटक्कै खान छाडियो भने स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्छ ।
उच्च रक्तचापका रोगिहरुले अहिले नुन खान छाड्दैछन् । नुनको मात्रा बढी भएमा उच्च रक्तचापमा थप हानी त गर्छ । तर, त्यसको मतलब नुन खान चटक्कै छोड्नुपर्छ भन्ने पनि होइन ।
-डा. प्रकाश राज रेग्मी
* नुनको कमी वा धेरै सेवानले स्वास्थ्यमा कस्तो असर पर्छ त ? यसबारेमा वीर अस्पताल वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको भनाई यसप्रकार रहेको छ –
– शरीरका लागि नुन अर्थात सोडियम पनि आवश्यक छ । त्यसैले चिकित्सकहरु एउटा स्वस्थ व्यक्तिलाई दिनमा पाँच ग्राम नुन खान सललाह दिने गर्छन् ।
– अमेरिकन हार्ट एशोसिएसनले पनि एउटा वयस्क व्यक्तिका निम्ति दिनमा दुई चम्चा नुनको सेवन गर्न सुझाव दिएको छ । जबकी उच्च रक्तचाप भएका व्यक्तिलाई भने आधा चम्चा नुन खान सिफारिस गरेको छ ।
– तर हाम्रो परिवेश फरक छ । हामीकहाँ दैनिक एघार ग्राम सम्म नुन खाने गरेको पाइएको छ ।
– ठाउँ अनुसार नुनको सेवन गर्नुपर्छ ।
– करिब ५/७ वर्ष अघि सम्पन्न भएको एक अध्ययनले समेत नेपालीहरु दोब्बर नुन सेवन गर्छन् भनेर समेत प्रमाणित गरिसकेको छ ।
– यसरी आवश्यकता भन्दा बढी नुन सेवन गर्ने हिमाल देखि तराईका मानिस समेत पर्दछन । विशेषगरी, हिमाली क्षेत्रमा वसोवास गर्नेहरु चियामा समेत नुन तथा घिउ हालेर खान्छन् भने तराईका बासिन्दालेे समेत चियामा नुनको प्रयोग गर्ने गरेको पाइएको छ ।
– पहाडी क्षेत्रमा वसोवास गर्ने मानिसहरुले भने खानाको स्वाद बढाउने उद्देश्यले तरकारी तथा अचारमा समेत नुन हाल्ने गरेको पाइएको छ । यस हिसाबले नेपालमा नुनको खपत धेरै भएको पाइन्छ ।
– जबकी खानामा धेरै नुनको प्रयोग भएमा पनि त्यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या निम्त्याउँछ भने कम नुनको प्रयोग भएमा मानिसको लागि अझै धेरै घातक मानिन्छ ।
* खानामा धेरै नुनको प्रयोग भएमा के हुन्छ ?
डा. प्रकाशराज रेग्मीका अनुसार, – खानामा आवश्यकता भन्दा बढी मात्रामा नुनको प्रयोग भएमा उच्च रक्तचाप, मुटु रोग, मिर्गौला लगायतका विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ ।
– विशेषगरी, खानामा नुनको प्रयोग धेरै भएमा त्यसले शरीरको पानीलाई सुकाएर रगतको मात्रालाई बढाउँछ , जसले गर्दा उच्च रक्तचापको समस्या निम्तने गर्छ । उच्च रक्तचाप भएमा हृदयाघात तथा स्ट्रोकको जोखिम उच्च हुनेगर्छ ।
– त्यस्तै, खानामा नुनको प्रयोग धेरै भएमा त्यसले मिर्गौलालाई समेत असर पार्ने गर्छ भने नुनको अत्याधिक मात्रामा सेवन गर्नाले प्यास समेत जगाउँछ । त्यो कसरी भन्दा जब शरीरमा नुनको मात्रा धेरै हुन्छ, उक्त नुनले कोषिकामा भएको पानी स्वत सुक्न थाल्छ, जसका कारण शरीरमा पानीको कमी भई प्यास लाग्ने गर्छ ।
– यसबाहेक, पहिले नै मुटु रोग लागेका मानिसहरुले नुनको सेवन अत्याधिक मात्रामा गरेको खण्डमा उनीहरुको मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन । मुटुले राम्ररी रगत पम्प गर्न नसकेको खण्डमा हृदयाघात हुने जोखिम उच्च हुन्छ ।
* नुनको मात्रा कम भएमा के हुन्छ ?
डा. रेग्मीका अनुसार, – नुनको अत्याधिक सेवनले शरीरलाई असर त गर्ने नै भयो । नुनको कमीले पनि शरीरमा ठूलो समस्या निम्त्याउने हुदाँ शरीरमा नुनको सन्तुलन कायम गर्न जरुरी छ ।
– शरीरमा नुनको कमी भएमा मस्तिष्क सुन्निने, मस्तिष्कले प्रतिक्रिया जनाउने, जसका कारण टाउको दुख्ने, चक्कर लाग्ने र मस्तिष्क लठि्ठएर बेहोस हुनसक्ने तथा बेहोश भएर मानिसको मृत्यु समेत हुनसक्छ ।
– नेपालमा अत्याधिक मात्रामा नुनको सेवनका कारण समस्या लिएर अस्पताल पुग्ने भन्दा नुन कमको समस्या लिएर अस्पताल आउने विरामीको संख्या धेरै छ । त्यसमध्य पनि शरीरमा नुनको कमी धेरै भई इमर्जेन्सी आउने तथा सलाईनमार्फत नुन चढाउनु पर्ने विरामीको संख्या धेरै हुने गरेको छ ।
– त्यस्ता समस्या हुनेमा उच्च रक्तचापका विरामी नै धेरै रहेका छन् । उच्च रक्तचापको औषधी खानेहरुलाई नुन कम हुने औषधी समेत दिइने हुँदा त्यस्ता औषधी सेवन गर्ने वृद्ध-वृद्धाहरुमा यो समस्या धेरै हुनेगर्छ । त्यसैले, यस्ता प्रकारको समस्या कम गर्नका लागि पनि ठिक्क मात्रामा नुनको सेवन गर्नुपर्छ ।
– त्यस्तै, खानामा बेग्लै नुन नहाल्ने तथा सिसिमा खादेका अचार, जंकफुड तथा प्याकेटमा राखिएका फुडको सेवान गर्नुहुदैन । यस्ता खानेकुरामा नुनको प्रयोग बढी मात्रामा हुने भएको यसले मस्तिष्क देखि मुटु तथा मिर्गौलालाई समेत असर गर्न सक्छ । त्यतिमात्र हैन, यस्ता खानेकुरामा चिल्लो तथा चिनीको समेत प्रयोग बढी मात्रामा गरिएको हुन्छ । जसले शरीरलाई हानीबाहेक अरु केही गर्दैन ।
- नुनको अन्य कुनै विकल्प छ कि छैन ?
डा. प्रकाशराज रेग्मी भन्छन्- ‘छ, किन नहुनु ! नुनको विकल्प जति भनेपनि छ । तपाईहरुले याद गर्नु भएको छ भने तपाईहरुलाई पक्कै थाहा होला, विदेशीहरु कुनै पनि खानेकुरामा नुनको सट्टा मरिजको प्रयोग धेरै र्गछन् । त्यस्तै, उनीहरु अदुवा , खुसार्नी लगायतका मसलाको प्रयोग पनि धेरै गर्छन् । जुन आफैमा राम्रो विकल्प हो । र, यसको सही तरीकाले स्वाद लिन सकेको खण्डमा यसले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ ।’