राजु गिरीले निर्देशिन गरेको चलचित्र ‘निर्जला’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम देखाइएको छ ।
चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा लगायतको अभिनय देख्न सकिन्छ । प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेको चलचित्र ‘निर्जला’ ले गाउँले परिबेशको कथा बोल्छ ।
चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य चलचित्र भन्दा ‘निर्जला’ फरक रहेको बताउँछन् । यो चलचित्र असोज १९ गते बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
ट्रेलर हेर्नुहोस्: