adv

कैटरीनालाई शाहरूख र आमिर भन्दा प्यारो सलमान

बलिउडकी चर्चित अभिनेत्री कैटरीनाले कैफले शाहरूख खान र आमिर खानको तुलनामा दबंग स्टार सलमान खानलाई उत्कृष्ट अभिनेता मान्ने गर्छीन् । उनले बलिउडका चर्चित अभिनेताहरु शाहरूख, आमिर र सलमानसँग काम गरिसकेकी छिन् ।


फिल्म डस्ट्रीमा कैटरीनाललाई स्थापित गर्ने श्रेय सलमानलाई दिने गरिन्छ । कैटरीना सलमानलाई आफ्नो मेन्टर पनि मान्छिन् । दुईले एकसाथ चलचित्र ‘मैंने प्यार क्यों किया’, ‘पार्टनर’, ‘युवराज’, ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा काम गरिसकेका छन् ।

स्क्रृनमा यो जोडीलाई दर्शकले अत्याधिक रुचाएका छन् । करण जौहरको प्रसिद्ध शो ‘कफी विद् करण’ मा कैटरीनाले तीन खानको अभिनय क्षमताको तुलना गर्नु पर्ने प्रश्नमा उनले भनिन्-‘सलमान सबैभन्दा अगाडि ।’

उनी भन्छिन्- ‘मलाई थाहा छैन मानिसहरु यस बारेमा ध्यान दिन्छन् कि सलमानको करिअर कति लामो छ वा उनीहरु त्यसलाई सम्झन चाहन्छन् । तर मेरो भित्रको कुरा भन्नु पर्दा सलमान दुईको मुकावलामा सबैभन्दा राम्रा अभिनेता हुन् ।’


कैटरीना अचेल सलमानसँग फेरि एकपटक चलचित्र ‘भारत’ मा काम गरिरहेकी छन् । यो चलचित्रका लागि पहिला प्रियंका चोपडाको नाम सामेल थियो । तर, पछि उनले चलचित्र छाडेपछि कैटरीनाको इन्ट्री भएको हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु