श्रीमान-श्रीमती वा व्वाइफ्रेन्ड-गर्लफ्रेन्ड बिचको सम्बन्ध कस्तो बनाउने, राम्रो बनाउने कि नराम्रो बनाउने त्यो दुबैको हातमा रहेको हुन्छ । अहिले त असल सम्बन्ध पाउन पनि निकै मुस्किल छ । श्रीमान-श्रीमतीबिच डिभोर्स,व्वाइफ्रेन्ड-गर्लफ्रेन्डबिच ब्रेकअप हुनु त सामान्य बन्दै गइरहेको छ । सम्बन्धलाई असल बनाइ राख्न, सधैं ताजा राख्न त्यती सजिलो कुरा भने होइन । एक अर्का बिचमा समझदारी, अर्काको भावनालाई बुझ्ने,आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्ने जस्ता गुण छ भने सम्बन्धलाई सुमधुर बनाइ राख्न सकिन्छ ।
हुन त, सम्बन्धलाई राम्रो बनाइराख्न नारी-पुरुष दुबैको भूमिका उत्तिकै हुने गर्छ । तर, आज हामी तपाईं नारी हरुलाई यस्तो कुरा बताउदैछौ, तपाइले आफ्नो श्रीमान अथवा आफ्नो व्वाइफ्रेन्डलाई यि कुराहरु कहिल्यै नभन्नुहोस् । जुन कुराहरु भनेको छोरा मान्छेलाई पटक्कै मन पर्दैन । यस्ता कुराहरु जब तपाईं आफ्नो पुरुष साथीलाई भन्नुहुन्छ तब, तपाईंहरुको सम्बन्धको दुरी बढ्दै जान सक्छ । त्यसैले, आफ्नो पुरुष साथीलाई भन्न नहुने यि कुराहरु तपाईं नारीहरुले ख्याल राख्दा राम्रो हुनेछ । ति के-के कुराहरु हुँन् ? आउनुहोस् जानिराखौ —
१. आफ्नो पुरुष साथीसँग कहिल्यै ठुलो स्वारले नबोल्नुहोस् । आफ्नी मायालु रुढ आवाजले बोलेको उनिहरुलाई पटक्कै मन पर्दैन रहेछ ।
२. तपाईं आफ्नो पुरुष साथीको कमजोरी उसको परिवार, आफन्त तथा साथीभाइ लाई कहिल्यै नसुनाउनुहोस् । यसरी आफ्नो कमजोरी अरुलाई सुनाएको कसलाई पो मन पर्ला र ! हैन र ?
३. तपाईंको पुरुष साथीको मुड कस्तो छ,कहिल्यै काही त्यसको ख्याल राखेर पनि बोल्ने गर्नु भयो भने, तपाईं उसको जीवनको सबै भन्दा प्यारो साथी बन्न सक्नुहुन्छ । कि जस्तोसुकै अवस्थामा पनि उसले तपाईंको अप्सनमा अरु खोज्नु पर्दैन ।
४. आफ्नो पुरुष साथीलाई कहिल्यै पनि अरु मान्छेसँग नदाज्नुहोस् । यो कुरा उनिहरु सहनै सक्दैनन् ।
५. उसको साथी भाईको बारेमा कहिल्यै पनि नराम्रो कुरा नकाट्नुहोस् । पुरुष हरु आफ्नो साथी भाईको बारेमा नराम्रो कुरा पनि सुन्न चाहदैनन् ।
६. कहिलेकाही सानोतिनो झगडा पर्ला त्यतिखेर, ‘तपाईं आफु विवाहित हुँ भन्ने कुरा नबिर्सनुहोस्’ भन्ने खालको सुझाब पनि कहिल्यै नदिनुहोस् । किनकी, पुरुष हरु विवाहलाई बन्धनको रुपमा होइन, जीवनको एउटा खुशीको रुपमा महसुस गर्न चाहन्छन् ।
७. तपाईंको पुरुष साथी बेलुकी घर फर्किदा खाली हात आयो भनेर कहिल्यै गाली नगर्नुहोस् । सधैंभरी सामान बोकेर आउने अवस्था नहुन पनि त सक्छ ।
८. तपाईंहरुको रोमान्टिक समयलाई अझ सुमधुर बनाउन कन्जुस्याइ नगर्नुहोस् । अर्थात, उसको {s3x proposal} सेक्ससुअल प्रस्तापलाई ननकार्नुहोस् ।
९. बच्चाहरुको छेउमा उसलाई कहिल्यै गाली नगर्नुहोस् ।
१०. कसैको बानी नै हुन्छ ढिलो काम गर्ने । कती ढिलो काम गरेको भन्ने जस्ता कुराहरुमा पनि धेरै किच किच नगर्नुहोस् । यस्तो खालको प्रतिकृया पनि उनिहरुलाई मन पर्दैन रहेछ ।
११. मायालाई पैसासँग कहिले पनि नदाज्नुहोस् । यस्तो कुरा पुरुष हरुलाई पटक्कै मन पर्दैन ।
१२. उनिहरु बाहिरको काम मा व्यास्त हुन्छ न् ,त्यसको मतलब तपाईं पनि उसको लागि व्यास्त नबन्दिनुस् । कहिलेकाही उसले मागेको समय निकाल्नुहोस् ।
१३. कहिल्यै पनि उसको कामलाई तपाईंको काम सँग नदाज्नुहोस् ।
१४. तपाईं आफ्नो पुरुष साथीलाई तपाईंको पुर्व व्वाइफ्रेन्ड सँग भुलेर पनि नदाज्नुहोस् । यो कुरा उनिहरु सहनै सक्दैनन् ।
१५. अरुले यस्तो उस्तो गरिसक्यो तर, तिमिले केही गर्न सकेनौ भन्ने जस्ता कुराहरु पनि तपाईं आफ्नो पुरुष साथीलाई कहिल्यै नभन्नुहोस् ।
-यस्ता अरु पनि धेरै कुराहरु हुन सक्छन्, जुन कुराहरु तपाईं गर्नुहुन्न आफ्नो जीवन साथीसँग, यस्ता खालका कुराहरु जब सम्बन्धमा आउँदैन तब, तपाईंको सम्बन्ध सधैं ताजा रहन्छ ।