
भारतकी चर्चित अभिनेत्री करीना कपूर खान चलचित्रमा मात्रै नभई अब रेडियोको माध्यमबाट पनि आफ्ना फ्यानहरु माझ आउने तयारी गरिरहेकी छिन् । कारीनाले भारतको इश्क १०४.८ एफएमबाट रेडियो कार्यक्रम गर्न लागेकी हुन् ।

उनले रेडियो कार्यक्रमको रेकर्डिङ पनि सुरु गरिसकेकी छिन् । करीनाको यस कार्यक्रममा पहिलो पाहुनाको रुपमा अभिनेत्री सनि लियोनी आउने खबर यतिबेला चर्चा भइरहेको छ । करीना र सनीले यस कार्यक्रममा चलचित्र, विवाह र बालबच्चाको विषयमा कुराकानी गर्नेछन् ।

करीना कपूर खान र सनी लियोनी अहिल बलिउडका ‘हट मम’ को रुपमा परिचित छन् । करीनाका छोरा तैमुर अली खान पापाराजीहरुबीच निकै चर्चित छन् । तैमुर घरमा हुँदा होस् वा घर बाहिर जहीँ तहीँ क्यामेराले उनलाई पछ्याईरहेका हुन्छन् ।

सनी लियोनी एडप्शन र सरोगेसीका माध्यमबाट आमा बनेकी हुन । उनी आफ्ना २ सन्तानहरुका बारेमा निकै होसियार छिन् । सनी लियोनी आफ्ना बच्चालाई मिडिया भन्दा टाढा नै राख्न चाहन्छिन् ।

खबरहरुका अनुसार- करीना कपूर खानको रेडियो कार्यक्रम यही डिसेम्बरबाट सुरु हुनेछ । यस कार्यक्रममा करीना उनका स्रोताहरुको समस्या सुनेर उनीहरुसँग आफ्नो अनुभव साटासाट गर्नेछिन् । स्रोताहरुले फोन मार्फत करीनासँग कुराकानी गर्न बुझिएको छ ।

