adv

माल्दिभ्सलाई ४-० गोलले हराउदै नेपालको शानदार विजयी सुरुवात !


कात्तिक, ८ ।। साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले गोल गरे ।

सुरुवातदेखि नै माल्दिभ्समाथि हावी भएको नेपालले खेलको २८ औं मिनेटमा अग्रता लियो । नेपालका खेलाडीलाई माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जान लिम्बुले पेनाल्टीलाई सुदपयोग गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

 

खेलको ३८ औं मिनेटमा नेपालका नमस थापामगरले गोल गर्दै दोब्बर अग्रता दिलाए । एकपछि अर्को आक्रमक शैली अपनाएको नेपालले पहिलो हाफमा २ गोल गर्न सफल भएको थियो ।

दोस्रो हाफमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै थप २ गोल गर्न सफल भयो । नेपालका लागि सशांक बोहराले खेलको ६३ औं मिनेटमा गोल गर्दै तेब्बर अग्रता दिलाएका थिए ।

 

त्यसको ७ मिनेट पछि अर्थात खेलको ७० औं मिनेटमा दिपेश राईले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रतामा पुर्‍याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल नेपालले ४-० गोलले जितेको हो । त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेका छन् । समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह ‘बि’ मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु