adv

मधुमेह टाढा भगाउने अचुक औषधी: मधुमेहका रोगिहरुको लागी यी १० सरल घरेलु विधी जान्नुहोस


पहिले पहिले बुढो-पाको व्यक्तिलाई मधुमेह हुने गर्थ्यो । तर, अहिले पाको, वयस्क मात्र होइन, युवादेखि बालबालिकामा समेत मधुमेहको समस्या देख्न सकिन्छ । किनभने, मधुमेह कुनै उमेरसँग सम्बन्धित रोग होइन । यो त जीवनशैलीसँग सम्बन्धित समस्या हो । खराब जीवनशैली र खानपानले बुढो पाको र युवाहरु मात्र होईन बालबच्चा पनि यसको चपेटामा परिरहेको देख्न सकिन्छ।

अहिले त झन, मधुमेह रोगीको संख्या तिव्र रुपमा बृद्धि भइरहेको तथ्यांक सार्वजनिक गरिएको छ ।

मधुमेह रोग विश्वभर जटिल समस्याको विषय बनेको छ । यसको जोखिमबाट बच्ने सरल उपाय स्वस्थ्य, सक्रिय, सन्तुलित र संयमित जीवनयापन नै हो । यसभित्र हाम्रो दिनचर्यादेखि खानपान सम्म पर्दछ । यी कुराहरु त भए मधुमेह लाग्नै नदिने केहि सरल उपायहरु । तर, मधुमेह लागिसकेको अवास्थामा के गर्ने त ?
मधुमेह नियन्त्रणका लागि औषधी पाइन्छ । अन्य उपचार विधी पनि हुनसक्छन । तर, घरेलु उपचार एवं प्राकृतिक विधी सबै भन्दा उत्तम हुनसक्छ, जसले दीगो रुपमा हामीलाई मधुमेह रोगबाट छुटकारा दिलाउँन सक्छ ।

यी १० घरेलु उपायहरु मधुमेहको बिरामीलको लागी ठुलो राहत बन्न सक्छ । जानी राख्नुहोस यस्ता अचुक उपायहरु:

१. कागती-
मधुमेहका बिरामीलाई अत्याधिक प्यास लागिरहने गर्छ । त्यसैले बारम्बार प्यास लागेको अवस्थामा कागती पानी बनाएर पिउनाले प्यास लागिरहने समस्या केहि हदसम्म कम भएर जान्छ ।

२. काँक्रो-
मधुमेहका बिरामीहरुले थोरै थोरै र हल्का भोजन लिने सल्लाह दिइन्छ । त्यसैले उनीहरुलाई बारम्बार भोक लागिरहने गर्छ । र भोक लागेको बेलामा काँक्रो खाएर भोक मेटाउँदा यसले उनिहरुलाई निकै नै फाइदा गर्छ ।

३. गाँजर पालुङ्गो-
मधुमेहको रोगीहरुले गाँजर र पालुङ्गोको रस मिलाएर पिउने गर्नुहोस, त्यसबाट निकै लाभ मिल्छ । यसको सेवानले आँखाको कमजोरी समेत कम हुन्छ ।

४. शलगम-
मधुमेहको रोगीले लौका, परवल, मेवा आदीको सेवन गर्नु अत्यन्तै लाभ दायिक हुन्छ । साथै, शलगमको सेवनले रगतमा चिनीको मात्रालाई कम गर्न समेत मद्दत पुर्याउछ । त्यसैले, मधुमेहको रोगीले सलगमको सब्जी, परौठा, सलाद आदी परिकार बनाएर खानेगर्नुहोस ।

५. जामुन-
जामुन मधुमेहको उपचारमा एक पारम्परिक औषधी नै हो । जामुनलाई मधुमेहका रोगीको फल हो भन्दा फरक पर्दैन । किनभने यसको दाना, बोक्रा, रस र गुदी सबै मधुमेहको बिरामीको लागि अत्यन्तै लाभकारी हुन्छ । मौसम अनुरुप जामुनको सेवन औषधिको रुपमा गर्नसकिन्छ ।

६. जामुनको दाना
जामुनको दानाको धुलो बनाएर राख्नुहोस् । दिनमा २,३ पटक ३ ग्रामको मात्रामा पानीमा हालेर सेवन गर्नुहोस् । यसले पिसाबमा सुगरको मात्रा कम गर्न मद्दत गर्छ ।

७. करेला
प्राचिन कालदेखि नै करेलालाई मधुमेको औषधिको रुपमा प्रयोग गरिदै आएको छ । यसको कडा रसले रगतको मात्रा कम गर्छ । मधुमेहको रोगीले करेला रस दैनिक रुपमा पिउनु लाभकारी हुन्छ । हालसालै गरिएको एक नयाँ शोधका अनुसार उमालेको करेलाको पानीले मधुमेहलाई छिट्टै स्थायी रुपमा समाप्त गर्ने क्षमता राख्छ ।

८. मेथी
मधुमेहको उपचारको लागि मेथीदानाको प्रयोग पनि धेरै फाइदाजनक हुने चर्चा छ । मेथीको पाउडरको सेवानले पुरानो मधुमेह पनि ठिक हुने बिस्वास छ ।
मेथीदानाको चूर्ण बनाएर राख्नुहोस् । दैनिक बिहानबिहान खाली पेटमा दुई चियाचम्चा पानीमा मिसाएर खानुहोस् । केही दिनमा नै तपाईं यसको अद्भुत क्षमता देखेर चकित बन्नुहुन्छ ।

९. गहुँको जमरा
गहुँको विरुवामा रोगनाशक गुण रहेको हुन्छ । गहुँको सानासाना अंकुरको रसले घातक रोगहरुलाई पनि निको बनाउँछ । यसको रस मानिसको रगतसँग चालिस प्रतिशत मेल खान्छ । यसलाई हरियो रगतको नामले पनि चिनिन्छ । जमराको ताजा रस निकालेर आधा कप तुरुन्त पिउनुहोस् । दैनिक बिहान बेलुका आधा कपको मात्रामा यसको सेवन गर्नुहोस् । यो अत्यन्तै फाइदाजनक छ ।

१०. अन्य उपचार
नियमित रुपले दुई चम्चा निमको रस, पत्तागोभीको रसको चारचम्चा दैनिक बिहान बेलुकासेवान गर्नुहोस । त्यस्तै अमलाको रस चारचम्चा, गुडमारको पत्ताको काडा बिहान बेलुका लिनुहोस । मधुमेह नियन्त्रणको लागि यो अत्यन्तै राम्रो उपचार हो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु