adv

‘आज हाम्रो भेट भाको दिन’ को नयाँ भर्सन ‘दि ब्रेकअप’मा समावेश {भिडियो}

नेपालीहरुको दोश्रो महान चाड तिहार पर्व नजिकिँदै गर्दा चलचित्र ‘दि ब्रेकअप’ को  पहिलो गीत निर्माण टिमले सार्वजनिक गरेको छ ।

२६ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र ‘ज्वाला’ मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीले कम्मर मर्काएका थिए । अहिले पनि यो गीत उत्तिकै लोकप्रिय छ । उक्त गीतको रिमेक भर्सन चलचित्र ‘दि ब्रेकअप’ मा समावेश गरिएको हो ।

नयाँ भर्सन’ मा यो गीत विराज गौतम र मेलिना राईको छ । ‘ओर्जिनल भर्सन’ मा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।

गीतको भिडियोमा अभिनेता खनाल संयोगबस यो पटक पनि आफ्नै स्टेपमा देखिएका छन् । कृष्टिको भने अभाव देखिन्छ । कविराज गहतराजले उत्त गीत कोरियोग्राफी गरेका छन् । गीतमा ‘दि ब्रेकअप’ का मुख्य कलाकारहरु खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेनदास श्रेष्ठ, इच्छा कार्की फिचर्ड छन् । चलचित्रलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । यसअघि निर्देशक हेमराजले आशिरमानलाई लिएर ‘ग्याङ्गस्टर ब्लूज’ बनाएका थिए, जुन बक्सअफिसमा सफल हुन सकेन ।

निर्माण टिमले गीतलाई स्तरिय बनाउन सेटअपदेखि कलाकारको पहिरनमा निकै ध्यान पुर्याएका छ न् । हेमराज बिसीले निर्देशन गरेको चलचित्र नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीलको संयुक्त लगानीमा निर्माण भएको हो । चलचित्रको कथा निर्देशक बिसीले नै लेखेका हुँन् । चलचित्र नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको छ । चलचित्र पौष २७ गते बाट देश व्यापी प्रदर्शनमा आउँदैछ ।
गीत हेर्नुहोस्:

https://www.youtube.com/watch?v=LeKDqPqKQi

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु